arrow

शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजिनामा दिलाएर ओलीले मुख्य सल्लाहकार बनाउने

मंसिर १४ अघी केपी ओलीले गर्दैछन यस्तो ठूलो परिवर्तन

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
kp-oli-shankar-pokhrel.jpg

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको चाहनामा प्रदेश नम्वर ५का मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदवाट राजीनामा दिने भएका छन्। तत्कालिन सभामुख कृष्ण बहादुर महराको संघीय संसदको उमेद्वारी छोडी प्रदेश ससंदमा चुनाव लडेर प्रदेशका मुख्य मन्त्री भएका पोखरेल करिव दुई बर्ष पछि मुख्यमन्त्री पदबाट राजिनामा दिएर फेरि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकार भएर आउने भएका छन्। 

पोखरेल प्रदेश नम्वर ५ मा खुम्चिदा टिम अनि सरकार कमजोर भएको आँकलन गर्दै उनलाई प्रमको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काठमाडौं ल्याउने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन्। पोखरेल राजिनामा दिएर काठमाडौं आउँदै गर्दा प्रदेश नम्वर ५ मा पूर्व माओवादीका कुलप्रसाद मुख्यमन्त्री वन्ने छन्।

वैचारिक रुपमा पोखरेल ओलीको सबैभन्दा निकट मानिन्छन्। तर नेकपाकै महासचिव बिष्णु पौडेलको समेत डिजाइनमा महराका लागि उनलाई संघीय संसदमा आउन नदिई प्रदेशमा मुख्यमन्त्री बनाइयो । आफ्ना सुरुदेखिका बैचारिक सहयोद्धा पोखरेलको यतिखेर ओलीले सबैभन्दा बढी खाँचो महशुस गरेका छन्। जस्तोसुकै अवस्थामा पनि पोखरेलले ओलीलाई नछोडेका कारण पनि उनलाई ओलीले संकटमा फेरि सम्झिएको वालुवाटार स्रोतको दावी छ। पोखरेल विद्यार्थी कालदेखिनै ओली पक्षमा रहेका थिए। उनी ओलीका खम्वाका रुपमा चिनिन्छन्।

महासचिव पौडेल भने माधव नेपाल पावरमा हुन्जेल उनका निकट र झलनाथ आउँदा झलनाथका निकट थिए। ओली पावरमा आएपछि उनी निकट भए। स्रोतका अनुसार पौडेल हाल अर्का अध्यक्ष प्रचण्डसँग निकट हुन थालेका छन्। नवौ महाधिवेशनबाट शंकर पोखरेललाई नेतृत्वमा पुग्न नदिन उनले अर्को गुटका घनश्याम भुसालसँग साँठगाँठ गरेको पनि ओली वृत्तमा चर्चा हुने गरेको छ। आर्थिक रुपमा समेत बदनाम रहेका पूर्व सुकम्बासी पौडेल जस्ता नेता केन्द्रमा हावी हुँदा सरकार समेत वद्नाम हुँदै गएको पार्टीकै कार्यकर्ताहरु बताउँछन्। अरबौका मालिक पौडेल बालुवाटार जग्गाकाण्डमा पनि मुछिएकाले जनतामा उनको छवि दागैदागपूर्ण छ। आफ्ना सल्लाहकार र सहयोगी टीम पनि विभिन्न विवादमा मुछिएका र कार्यकर्तामाझ अलोकप्रिय भएपछि ओलीले पोखरेल जस्ता केहि नेताहरुलाई आफ्नो सल्लाकार तथा सचिवालयमा समेटने तयारी गरेको बुझिएको छ। 

पूर्व माओवादी केन्द्रले पाएको कर्णालीको मुख्यमन्त्रीबाट महेन्द्र बहादुर शाही पनि परिवर्तन भइ उनको ठाउँमा पूर्व एमाले बनाइने गृहकार्य भएको छ। प्रदेश नम्वर ७ र ३ मा समेत मुख्यमन्त्री फेरिने भएका छन्दै। प्रदेश २ मा राजपाको समर्थनमा नेकपाले मुख्यमन्त्री लिने अनि राजपालाई केन्द्रीय सरकारमा प्रवेश गराउने तयारी समेत नेकपाको छ। सबै योजना अनुसार भए संघीय सरकारमै रहेको तथा प्रदेश नम्वर २को सरकारमा नेतृत्व गरेको संघीय समाजवादीलाई वाहिरको बाटो देखाउने तयारी छ। मंसिर १४को उपनिर्वाचन अगावै सवै काम सक्ने गरि काम भैरहेको तयारी वालुवाटार स्रोतले जानकारी दिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ