arrow

हेलिकप्टर चार्टर गरेर पनि उम्मेदवारी फिर्ता नगरेका शेरमानलाई ‘क्लिप’ र सन्तोषलाई ‘चिम’

उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
sherman1.jpg

बागलुङ । आगामी मंसिर १४ गते हुने गैरहेको बागलुङ क्षेत्र न.२ (ख) प्रदेश सभा सदस्यको उपनिर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । आठ राजनीतिक दल र दुई स्वतन्त्र गरि १० उम्मेद्वारले मनोनयन दर्ता गराएकोमा ८ राजनितिक दलका चुनाव चिन्ह पहिलै भएका कारण दुई स्वतन्त्र उम्मेदवारलाई  मात्र कार्यालयले चुनाव चिन्ह प्रदान गरेको हो ।

उपनिर्वाचनका लागि उम्मेदवार दिएका स्वतन्त्र उम्मेदवार शेरमान घर्तिका लागि निर्वाचन कार्यालयले ‘क्लिप’ चिन्ह प्रदान गरेको छ भने अर्का स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीका लागि ‘चिम’ चिन्ह प्रदान गरको छ । कार्यालयको सोमबार निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम अनुरुप दुई स्वतन्त्रलाई क्लिप र चिम चिन्ह प्रदान गरेको मुख्यनिर्वाचन अधिकृत बासुदेव न्यौपानेले  जानकारी दिए ।

न्यौपानेका अनुसार उम्मेदवार स्वयं नै कार्यालयमा नआएपनि उम्मेदवारका नजिकमा व्यक्ति आएर चुनाव चिन्ह रोजेको हुन । घर्ति र भण्डारी दुवैको नजिकको व्यक्ति आउनुभएको थियो न्यौपानेले भने उहाँलाई सोधे सोही अनुसार चुनाव चिन्ह तोकियो । घर्ति नेकपा बागलुङ नेता हुन भने भण्डारी विवेकशिल नेपाली पार्टीको उम्मेदवारको रुपमा यस अघि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । घर्तिले भने आईतबार पत्रकार सम्मेलन गरेर बामगठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई सघाउने निर्णय गरेतापनि उनको नाममा भने निर्वाचन अधिकृतको कार्यालयले ‘क्लिप’ चिन्ह प्रदान गरेको छ ।

नेकपाका नेता शेरमान घर्तिको बागी उम्मेदवारी फिर्ता गराउने अन्तिम प्रयास आईतबार असफल भएको छ । असफल भए पश्चात उनले नेकपाको कार्यालयमा पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी रहेपनि बामगठबन्धनका साझा उम्मेदवार शाहीलाई सर्मथन गर्ने बताएका थिए ।  घर्तिको उम्मेदवारी फिर्ता गराउनका लागि हेलिकप्टर चार्टर गरेरै ल्याएपनि निर्वाचनमा तोकिएको समय सकिएको हुँदा उम्मेदवारी भने फिर्ता हुँन सकेको थिएन ।

 जिल्लाको पश्चिम बुर्तिबाङ बजारमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको पहलमा भएको लामो छलफल पछि शेरमानलाई सदरमुकाम ल्याइए पनि उम्मेदवारी फिर्ता गर्न भने समयले साथ दिएन ।  उम्मेदवार फिर्ताको समय दिउँसो १ बजे सम्म थियो भने बागी उम्मेदवार घर्तिलाई दिउसो १ः२० मा मात्र हेलिकप्टर मार्फत सदरमुकाम ल्याइएको थियो । घर्तिको प्रस्तावका नेकपाका रिमबहादुर बिक र समर्थकमा दधिराम शर्मा छन् यस निर्वाचनमा स्वतन्त्र सहित अन्य आठ दलको उम्मेदवारी रहेको छ ।

नेपाली काँग्रेसको तर्फबाट पुरानै उम्मेदवार जित बहादुर शेरचन रहेका छन भने बामगठबन्धनका राजमोको खिम विक्रम शाही रहेका छन । त्यस्तै अन्य साना दलहरुले पनि उम्मेदवार दिएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को तर्फबाट निमबहादुर भण्डारी, समाजवादी पार्टीको तर्फबाट अशोक कुमार बि.क, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट गणेश बहादुर कुँवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिल कुमारी राईले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, मंगोल नेशनल अर्गनाईजेशनबाट मित्रबहादुर थापाले आफ्नो दलको तर्फबाट उम्मेदवार दिएको मुख्यनिर्वाचन अधिकृत न्यौपानेले  जानकारी दिए । राजनितिक दलका भने आ आफ्नै चुनाव चिन्ह रहेका छन ।  यस निर्वाचनमा काँग्रेस र जनमार्चाका उम्मेदवार विच कडा पतिस्पर्धा हुने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ