arrow

महानिर्देशक जोशीका नाममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भनिदै

महानिर्देशकका नाममा कसले ग‍र्‍यो यस्तो हर्कत ?

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
kalapani-lipulek-india.jpg

काठमाडौं । सामाजिक संजालमा अनर्गल प्रचार गर्नेहरुले राष्ट्रियता जस्तो संवेदनशील बिषयमा अनर्गल प्रचार गरेको पाइएको छ । कालापानी क्षेत्रभित्रका कालापानी, लिपुलेक र लिम्पियाधुरा निर्विवाद ढंगले नेपालका भूभाग हुन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले ती भूभाग नेपालकै भएका प्रमाण नै दिइरहेका छन् । तर सामाजिक संजालको दुरुपयोग गर्दै महानिर्देशक जोशीले कल्पनै नगरेका कुरा उनले भनेको भनेर एक समूहले भ्रमपूर्ण प्रचारबाजी गरेको छ । 

सामाजिक संजालमा भ्रमपूर्ण प्रचार गरिएपछि नापी विभागका महानिर्देशक जोशीले विज्ञप्ति नै जारी गरेका छन् । सोमबार जोशीले जारी गरेको विज्ञप्तिमा विभिन्न सामाजिक संजालमा नापी विभागका महानिर्देशकको नाम जोडेर भारतले हालसालै प्रकाशित गरेको राजनैतिक नक्सा सम्बन्धमा लेखिएको र देखिएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। 

नेपालका राजनीतिक दलका शीर्ष नेताहरुसँग समेत मेरो नाम जोडेर आएका विषय कपोलकल्पित, निराधार र असत्य भएको उल्लेख गर्दै उनले मानमर्दन गर्ने र भ्रम सृृजना गर्ने गरी सामाजिक संजालमा पोष्ट गरिएका सवै विषयमा मेरो ध्यानाकर्षण भएको महानिर्देशक जोशीले उल्लेख गरेका छन्। 

जोशीले कपोलकल्पित, भ्रामक र अतिरंजित कुरामा विश्वास नगर्न पनि आग्रह गरेका छन् । साथै भारत सरकारबाट प्रकाशित नक्सा सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा आइसकेको हुँदा तोकिएको जिम्मेवारी वहन गर्न प्रतिबद्ध रहेको व्यहोरा समेत अनुरोध गर्दछु, महानिर्देशक जोशीको विज्ञप्तिमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ