arrow

कास्की निर्वाचनमा नेविसंघ पनि परिचालित

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
kaski_congress_photo.jpg

पोखरा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीले आशन्न निर्वाचनका लागि आफ्ना सबै संरचना परिचालन गर्ने भएको छ । जसका लागि नेविसंघका निवर्तमान केन्द्रीय सदस्य देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन परिचालन समिति बनाइएको छ ।

समितिको सदस्यमा सरोज केसी, गोविन्द लामिछाने, गोपाल गुरुङ, पुनम भट्ट भट्टराई, लक्ष्मी पौडेल, कल्याणबाबु भण्डारी, विकास थापा, किरण बराल, पशुपति भट्टराई, परशुराम बस्नेत र विष्णु तिमिल्सिना छन् ।

यसैगरी नेविसंघले पोखराका ११ वटै वडा आफ्ना नेताहरू परिचालन गरेको छ । जसअनुसार क्षेत्र नं. २ (क) मा आशिक गुरुङ र २ (ख) मा सन्देश पराजुलीलाई समन्वय संयोजक तोकिएको छ ।

यसैगरी वडागत तह अन्तर्गत पोखरा–४ मा संघर्ष कोइराला, पोखरा–७ मा आशिक गुरुङ, ८ मा राजेन्द्र बराल, ९ मा तारानाथ अधिकारी, ११ मा महादेव गिरीलाई संयोजक तोकेको छ ।

यसैगरी पोखरा–१५ मा सन्देश पराजुली, १६ मा अन्जान थापा, १७ मा महेश तिमिल्सिना, २० मा शिरिष बाँस्तोला, २१ मा विक्रम गिरी र ३३ मा उज्वल चापागाइँलाई संयोजक तोकिएको नेविसंघका निवर्तमान केन्द्रीय एवं निर्वाचन परिचालन समितिका संयोजक देवकृष्ण पराजुलीले जानकारी दिए ।

नेविसंघका निवर्तमान केन्द्रीय सदस्य भानु ढकालका अनुसार नेविसंघका नेता कार्यकर्ता अब प्रत्येक मतदाता समक्ष पुग्नेछन् । नेता कार्यकर्तालाई प्रत्येक मतदाता समक्ष पुगेर कम्युनिष्ट सरकारले गरेका गलत रवैयाबारे जनतालाई जानकारी गराउन र कांग्रेसलाई भोट माग्न निर्देशन दिइएको नेता ढकालले जानकारी दिए ।

नेविसंघका नेता मनोज रानाभाटले कांग्रेसका उम्मेदवार खेमराज पौडेल त्यागी र निष्ठावान नेता भएकाले उनलाई जिताउनका लागि सबै प्रकारको सहयोग गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ