arrow

नेविसंघमा पेचिलो बन्दै उमेरहद : नेतृत्वविहिन अवस्थामा कहिलेसम्म ?

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
nsu-umer.jpg

काठमाडौ । नेपाल विद्यार्थी संघले राजधानीको पद्मकन्या क्याम्पसमा एक अन्तक्रिया कार्यक्रम गरेको छ । सोमबार माउ पार्टीको प्रवृति र नेविसंघको विधान विषयमा अन्तक्रिया कार्यक्रम गरिएको हो ।  

अन्तरक्रियामा नेविसंघको विधान विपरित तदर्थ समिति आउन लागेको भन्दै सहभागिले आक्रोश व्यक्त गरेका थिए । नेविसंघका निवर्तमान केन्द्रीय सदस्य शुशिल भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा उपनिवार्चनका कांग्रेसका उम्मेदवारहरुलार्इ जिताउन सहयोग गर्नु साथै भारत तथा चीनले नेपाालको स्वाभिमान माथि लगाएको गिद्यदे दृष्टिलाइ अब  नेवि संघले कसरी लिने भन्ने विषयमा छलफल भएको थियो।

 नेविसंघमा ३२ वर्ष  मुनिको उमेर हदबन्दी तोकिने तर नेतृत्वले आफ्नो सहजताको लागि विधान मिच्दा भोलि समग्र संगठनिक अवस्थामा पर्ने असरको को जिम्मेवार भन्दै संयोजक भट्टले पार्टी नेतृत्वतर्फ प्रश्नचिह्न तेर्स्याए। देशभरिबाट पार्टीले हार्दे गर्दा नेविसको लागि पार्टीले बनाएको विधान आफैले कार्यन्वयन गर्न नसक्नुले पार्टी थप कमजोर बन्दै गएको भट्टले औल्याएका छन्।
 
उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघ पुर्व उपाध्यक्ष रामप्रसाद अधिकारी, पुर्व सहमहामन्त्री डिल्लिराम सुबेदी,बलदेब तिमल्सिना, विद्यार्थी नेताहरु निरञ्जन थापा,भगवत रेग्मी, उमेश थापामगर,इश्वर अधिकारी , शैलेन्द्र शर्मा गौडेल , नवराज त्रिपाठी, हरि आचार्य , रत्नहरी ढुंगेल, मेली शाह, पुन्य बस्नेत, जानुका पन्त , रुपा शर्मा, तुलसा पन्त, दीपक भन्डारी,स्वच्छा उप्रेती, सुवास अधिकारी तथा सुवास घिमिरे लगाएत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा सत्याग्रही गोविन्द केसिका मागहरूमा समर्थन गर्दै उनले उठाएका मागहरू संबोधन गर्नको निम्ति सरकारलाई दबाब शिर्जना गराउन चरणवद्ध आन्दोलन गर्ने विषयले प्रवेश पाएको नेविसंघका नेता निरञ्जन थापाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ