arrow

डा. केसीका मागहरु जायज छैनन् : बीएण्डसी सञ्चालक प्रसाई

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
durga-prasai.jpg

काठमाडौं । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले अनशनरत डा. गोविन्द केसीले अघि सारेका अहिलेका मागहरु कुनैपनि जायज नभएको जिकिर गरेका छन् । यसअघि केसीले अघि सारेका सबै माग पूरा भैसकेको उनको दाबी छ ।

 मंगलबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  प्रसाईले भने,‘पूर्व मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज थिएन् । मैले खोलें । २९ लाख मेचीवासीहरुको हितको लागि मैले कलेज खोलेको हुँ । कोशीमा तीन वटा मेडिकल कलेज छन् । बाग्मतीमा मात्रै दश वटा छन् । सुलभ स्वास्थ्य पाउनु मेचीवासीको अधिकार होईन् ?  डा. केसीका माग डिनबाट सुरु भएको हो । शक्तिशाली चिकित्सा शिक्षा आयोग पनि बनिसक्यो । उहाँका सबै माग पूरा भएका छन् । मेरो पीडा कसले बुझ्ने ?’

उनले निजी मेडिकल कलेजले कसले के कति शुल्क लिएका छन् ? त्यसको अनुगमन होस भन्ने पक्षमा आफू पनि भएको सुनाए । उनले भने,‘लगानीको आधारमा शुल्क लिएका छन् ।’ उनले आफूलाई सरकारले २०६८ साल माघ २४ गते आशयपत्र दिएको पनि सुनाए । तर, आज ८ वर्ष बितिसक्दापनि अनुमति नदिएको उनको गुनासो छ । उनले भने,‘मैले मेडिकल कलेज पर्खिएर बसेको आज यत्तिका वर्ष भैसक्यो । मेरो पीडा कसले बुझ्ने ?’

प्रसाईले गत वर्षमात्रै आफूले राज्यलाई १७ करोड कर तिरेको सुनाए । त्यतिमात्रै नभएर उनले करिब एक हजारलाई प्रत्यक्ष रोजगारी दिएको पनि बताए । उनले भने,‘म सुरेन्द्र भण्डारीजीलाई भन्छु खोई त मेरो लागि तपाईहरुले बोल्नुभएको हो ? तपाईहरुको पनि त दायित्व भन्ने कुरा होला नि । मैले के सबैभन्दा राम्रो क्यान्सर अस्पताल बनाएको छु, यो बनाउनु के अपराध हो त ?’

उनले अनशनरत डा. केसीका कुन माग राम्रा छन्? भन्दै देखाउन चूनौति दिए । उनले भने,‘म माफिया होईन, गोविन्द केसीलाई अनशन बस्न धलगाउनेहरु माफिया हुन् । हामीले त डा. केसीलाई साथ दिएकै हो नि । उहाँले सुदुर पुर्व जान भन्नुभयो, मैले बि.एण्ड.सी. खोलें ।’ उनले आफूमाथि उल्टै अन्याय र अत्याचार भएको आरोप लगाए । उनले देशमा सबैभन्दा राम्रो हस्पिटल र मेडिकल कलेजपनि आफ्नै भएको दाबी गरे । नेपालको सबै पैसा पढाईको नाममा बाहिर गएको पनि उनको आरोप छ ।

यसअघि  प्रसाईंले मार्सी चामल ब्राण्ड नै बनाइदिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको थियो ।

विएण्डसीलाई सम्बन्धन दिन दाहाले कयौँ पटक प्रयास गरेका थिए । यो विषय प्रचण्डका लागि निकै टाउको दुखाईको विषय बनेको थियो । तत्कालीन एमाले र माओवादीको पार्टी एकताबारेको गोप्य बैठक प्रसाईकै घरमा बसेको थियो । बैठककै सिलसिलामा प्रसाईले जुम्लाको मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि ओली र दाहालको निकै आलोचना भयो । यद्यपि, ओली र दाहालले सम्बन्धनका लागि प्रसाईँलाई नाईँनास्ती गर्न सकेनन् ।

उच्च उचाईमा फल्ने भएकाले जुम्ली मार्सीको भाउ निकै महंगो छ । त्यो मार्सी चामलको भात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई खुवाएर उनी एकाएक चर्चामा आए ।  त्यसअघि उनी झापाको बीएण्डसी अस्पतालका संचालकका रुपमामात्र चिनिन्थे । प्राडा गोविन्द केसीको १५ औँ आमरण अनशनपछि उनी एकाएक चर्चामा आएका थिए ।

 गोविन्द केसीले जथाभावी चिकित्सा शिक्षाको नाममा ब्यापार गर्न रोक लगाउन १७ औं चरणको अनसन बसेका छन् । यसअघि नेपाल पत्रकार महासङ्घले इलाम शाखाका सदस्य एवं कान्तिपुर दैनिकका संवाददाता विप्लव भट्टराईसहितका पत्रकारलाई समाचारको विषयलाई लिएर धम्क्याएपछि प्रसाईको आलोचना भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ