arrow

डा. केसीले तोडे अनशन

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
DrKC_Dadeldhura.jpg

काठमाडौं । नौदिनदेखि सत्याग्रहमा रहेका चिकित्सा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको कारण आफु पनि त्यसलाई समर्थन गर्दै अनशन तोडेको केसीले  बताएका छन् ।

डा. केसी डडेल्धुरा पुगेर  १७औँ पटकको अनशन बसेका थिए ।

सरकारले डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार हेलिकोप्टर पठाएको थियो । तर, डा. केसीले माग पूरा नभई डडेल्धुरा अस्पताल छोड्न इन्कार गरेपछि हेलिकोप्टर उनलाई नलिई फर्किएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ