arrow

सुगौली सन्धिका अनुसार महाकाली नदी नै सीमा : प्रचण्ड

सम्पूर्ण राष्ट्र एक ढिक्का छ

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
prachanda-chitwan-2019-rss.jpg

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताएका छन्। नेकपा भरतपुर महानगर वडाकमिटीको मंगलबार यहाँ आयोजित शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सबैको एकमत भएको बताए ।    
    
प्रचण्डले भने, “जहाँसम्म सीमाको विषय रहेको छ यसमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको छ । यो गर्वको कुरा हो ।” प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सम्पूर्ण राष्ट्र एक ढिक्का छ भन्ने कुरा देखिएको उनले बताए ।    
    
 सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका चिठीपत्र र सुगौली सन्धिपछि छापिएका औपचारिक र वैधानिक नक्शाले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकाले सोहीअनुरुप अघि बढ्नुपर्ने उनले बताए । प्रचण्डले भने, “सुगौली सन्धिले महाकाली नदी नै सीमा भनेको छ”, सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित गरेको छ ।”    
    
 उनले सीमा विवादको विषय राष्ट्र र पार्टीका लागि निकै चुनौती बनेर आएको भन्दै शक्तिशाली सरकारले चुनौतीलाई पार गर्दै अघि बढ्छ भने । अर्को एक प्रसङ्गमा उनले नेकपालाई कमजोर बनाउन प्रतिक्रियावादी र विदेशी शक्ति लागेको भन्दै कमजोर हुन नदिइने बताए । दाहालले बुधबार बस्ने पार्टीको बैठकले एकताका बाँकी काम पूरा गर्ने जानकारी दिए ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ