arrow

नेपालको भूमी भारतको नक्सामा राखेकोमा यूवा विद्यार्थीको देशव्यापी विरोध प्रदर्शन

बालाजुमा नेविसंघको व्यापक प्रदर्शन

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
kalapani-birodh-student-nsu.jpg

काठमाडौं। नेपालको भूमी भारतको नक्सामा राखेकोमा यूवा विद्यार्थीको देशव्यापी विरोध प्रदर्शन जारी रहेको छ। यसैबीच नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बुधबार पनि नेपाली भूमीलाई भारतको नक्सामा राखेको विरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा बालाजु क्षेत्रमा प्रदर्शन भएको छ। विद्यार्थीहरुले नेपाल टार, बाइपास, माछापोखरीक्षेत्रमा भारतीय हस्तक्षेप विरुद्ध नाराजुलुस सहित प्रदर्शन गरेका हुन् । 

नेविसंघ निबर्तमान केन्द्रिय सदस्य सुसिल भट्टको नेतृत्वमा भएको बिरोध प्रदर्सनमा नेबिसंघका नेताहरू निरन्जन थापा, ईश्वर अधिकारी, पबन थापा, सन्तोष गुरुङ, सुबास घिमिरे, स्वइच्छा उप्रेती, ठाकुर प्रसाद नेपाल, लक्ष्मी सिलवाल, किरण भट्टराई, जीवन राना, प्रविन गुरुङ, बिशाल देबकोटा, सन्तोष दाहाल, सौरव घिमिरे, प्रदीपजंग साह, सुस्मिता गुरुङ, सुसिल ढकाल, भिम अधिकारी लगायत सयौं विद्यार्थी तथास्थानीयको सहभागिता रहेको थियो ।

नेपालटार ग्रामिण र एन आर कलेजबाट सुरु भएको विरोध र्याली बालाजु परिक्रमा गरेर क्याम्पसमै पुगेर समापन भएको थियो । भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पुयाधारालाई समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघले काठमाडौं लगायत देशभरका विभिन्न स्थानमा दिनदिनै प्रदर्शन गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ