arrow

१२ वर्षीया विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार

चितवन । माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ ।

 उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत  १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत दुई वर्षदेखि करणी गर्दै आएको  प्रहरीले जनाएको छ ।

घर जाने क्रममा ती छात्रालाई जबर्जस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको  प्रहरी नायब उपरीक्षक एकनारायण कोइराला बताए ।

उनलाई चितवन जिल्ला अदालतमा जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न पाँच दिनको समय माग गरी अनुसन्धान थालिएको  कोइरालाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ