arrow

देउवाले सोधे, 'सीमा मिचिदा 'राष्ट्रवादी' केपी के गर्दैछन्?'

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
deuba-congress1.jpg

मकवानपुर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ नक्सामा नेपालका भूमि समावेश गरे पनि राष्ट्रवादी प्रधानमन्त्री केपी शर्मा ओली चुप बसेको आरोप लगाएका छन्।

‘कालापानी हाम्रो हो नि,’ हेटौंडामा कांग्रेसको एक कार्यक्रममा देउवाले भने, ‘कालापानी, लिपुलेक नेपालको हो। मैले इण्डियामा गएर पनि भनेको छु, कालापानी हाम्रो हो।’

वार्ताद्वारा सीमा विवाद समाधान गर्नुपर्ने उनले बताए। ‘सरकार किन अलमल गरि राखेको छ? राष्ट्रवादी भनिएका प्रम ओली किन कडा कदम चाल्दैनन?' देउवाले प्रश्न गरे, ‘किन बोलनन् ओली ?’

देउवाले नेपालका गाउँमा सडक पनि नपुगेको अवस्था रहेको भन्दै रेल ल्याउने कुरा गर्दै हिँडेकोमा प्रधानमन्त्री ओलीको आलोचना पनि गरे। उनले सोधे, 'के तिर्न नसक्ने ऋण लिएर रेल चढ्ने ?'

उनले पार्टी एक भएर उपनिर्वाचनमा होमिन निर्देशन दिए। ‘चुनाव जसरी पनि जित्नुपर्छ,’ देउवाले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ