arrow

नेपालको नक्सा अपूरो रहेकोमा विवेकशील नेपालीको आपत्ति

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
bibekshil4.jpg

काठमाडौं । नेपालको नक्सा अपूरो रहेकोमा विवेकशील नेपाली दलले आपत्ति जनाएको छ । गत सोमबार बसेको सङ्घीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले “विगतमा प्रयोग भएको नक्सा गुगलबाट निकालिएकाले त्रुटिपूर्ण भएको” उल्लेख गरेपछि दलले आपत्ति जनाएकोहो ।

नेपालको संविधानको अनुसूची ३ मा व्यवस्था रहेको नेपालको निशाना छापमा प्रयुक्त नेपालको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र नसमेटिएको पाइएकाले यथाशीघ्र नेपालको संविधानको अनुसूची ३ संशोधन गरी नेपालको नक्सामा उक्त क्षेत्रहरू समावेश गर्न विवेकशील नेपाली दलले माग गरेको छ ।  

दलका प्रदेश ३  सांसद रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ , 'मुलुकको भौगोलिक अखण्डतासँग जोडिएको गम्भीर महत्त्वको यस विषयमा गरिने कुनै पनि आनाकानी वा ढिलाइ स्वीकार्य छैन।  अत: संविधानमा नै गलत नक्सा प्रयोग गरी विगतमा नेतृत्व पंक्तिबाट भएको गम्भीर गल्तीप्रति आम नागरिक समक्ष क्षमायाचना गर्दै यथाशीघ्र संविधान संशोधनको पहल सुरु गर्न सरकारलाई आग्रह गर्दछौँ।'

विवेकशील नेपाली दलले नेपालको नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकका विषयमा गरिने संविधान संशोधनमा ऐक्यबद्धता जनाउन सबै राजनीतिक दलहरूलाई समेत आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ