arrow

उपनिर्वाचनका लागि पाँचथरमा उम्मेदवारहरुले गरे मनोनयन दर्ता

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
panchtar.png

पाँचथर । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पाँचथरमा राजनितिक दलका उम्मेदवारहरुले बुधबार मनोनयन दर्ता गरेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको प्रमुख,फिदिम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पदमा हुने उपनिर्वाचनका लागि दलहरुले मनोनयन पत्र दर्ता गरेका हुन् ।

फाल्गुनन्द गाउँपालिकामा ८ वटा दलका उम्मेदवार,फिदिम नगरपालिका वडा नम्बर १ मा ७ वटा र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा ६ वटा दलका उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेको मोहनराज भट्टराईले बताए ।

नेकपा,नेपाली कांग्रेस,राप्रपा संयुक्त,राप्रपा,संघिय लोकतान्त्रिक राष्ट्रिय मन्च,संघिय समाजवादी पाटीले मनोनयन पत्र दर्ता गरेको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए।

दलका नेता कार्यकर्ताको उपस्थितमा र्याली सहित गएका उम्मेदवारहरुले मनोनयन दर्ता पश्चात कोणसभा गरेका थिए । अहिले प्राय अधिकांश निर्वाचन हुने क्षेत्रमा नेकपा र काग्रेसको प्रतिस्पर्धा कडा देखिएको छ ।

फाल्गुनन्द गाउँपालिकामा कांग्रेसबाट निर्वाचन अमर कुमार नेम्बाङ, फिदिम नगरपालिका वडा नम्बर १ मा कांग्रेसबाटै निर्वाचित हर्क बहादुर मोक्तान र हिलिहाङ गाउँपालिका वडा नम्बर ७ मा नेकपाबाट निर्वाचित तिर्थ तिम्सिनाको निधनभएपछि उपनिर्वाचन हुन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ