arrow

मध्यपहाडी लोकमार्गमा टिपर खस्दा चालकसहित दुई जनाको मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
tiper.jpg

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ ।

हिलिहाङ–४, सालिङ्गेमा बुधबार मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग हुँदै आएको टिपर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बा २ क २९२० नम्बरको टिपर नियन्त्रण गुमाएर पल्टिएको हो ।

दुर्घटना भएको टिपर घटनास्थलमै रहेको र दुवै शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

टिपर पल्टिँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक धादिङका २५ वर्षीय विनोद तामाङ र टिपरमा सवार पाँचथर हिलिहाङ–१ का २३ वर्षीय भिम तामाङको मृत्यु भएको प्रहरी निरीक्षक अनिल पौड्यालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ