arrow

बुद्धिमानलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर कमल थापा लागे अमेरिका

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
kamal-amirica.jpg

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा डिसेम्बर ४ र ५ तारिखमा अमेरिकाको वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय लोकतान्त्रिक संघको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।

उनले अमेरिकामा पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनमा प्रमुख आतिथिको रुपमा समुदघाटन र सम्बोधन गर्न तथा अमेरिकाको विभिन्न स्थानमा प्रवासी नेपाली समुदायको आयोजनामा हुने विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

बुधबार बिहान बसेको पदाधिकारी बैठकमा अध्यक्ष थापाले आफ्नो अनुपस्थितिमा पार्टीको दैनिक कार्य सम्पादन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ