arrow

पुनर्निर्माणका लागि भारत सरकारद्धारा तीन अर्ब १० करोड प्रदान

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
reconstruction-home-earthquake-gorkha-earthquake.jpg

काठमाडौं । भारतीय निर्यात–आयात बैंक ( एक्जिम) ले बुधबार २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त बनाएको नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि तीन अर्ब १० करोड रुपैयाँ नेपाल सरकारलाई प्रदान गरेको छ । भारत सरकारले आवास निर्माणका लागि प्रदान गरेको तेस्रो किस्ताको लागि शोधभर्नाका लागि सहुलियत ऋण व्यवस्थामार्फत एक्जिमले रकम दिएको भारतीय दूतावासले जनाएको छ । 

नुवाकोट तथा गोर्खा जिल्लाका ५० हजार निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले ऋण व्यवस्था (एलओसी) मार्फत ५० मिलियन अमेरिकी डलर उपलब्ध गराउने वाचा गरेको थियो । 

यसका अतिरिक्त भारतले यी घरहरुको निर्माणका लागि अनुदान स्वरुप १०० मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्घता गरेको थियो । भारतले हालसम्म घरधनीहरुलाई पहिलो र दोस्रो किस्ता गरी ६ अर्ब ९६ करोड (६९.६ मिलियन अमेरिकी डलर) प्रदान गरिसकेको जनाइएको छ । 

घरधनीहरुलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्नका लागि भारत सरकारले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदान गर्दै आएको छ । 

भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा भूकम्प पश्चात्को पुनर्निमाण परियोजना सम्पन्न गर्न नेपाली जनता तथा नेपाल सरकारलाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्घ रहेको समेत जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ