arrow

प्रज्ञा प्रतिष्ठानमा भएको सरुवा पूर्वाग्रही भएको कर्मचारी संघको आरोप

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
nepal-academy.jpg.jpeg

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा गलत तरिकाले कर्मचारी सरुवा गरेपछि प्रतिष्ठानको कर्मचारी संघले विरोध गरेको छ । लोकतान्त्रिक कलाकार तथा कर्मचारी संघले विभेदपूर्ण तरिकाले कर्मचारी सरुवाको विषयमा नेपाल प्रज्ञा प्रष्ठिानलाई ध्यानाकर्षण गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान योजना तथा कार्यक्रम महाशाखा प्रमुख  सन्ध्या पहाडीलाइ निराधार आरोपहरु लगाइ पटक पटक स्पष्टिकरण सोधेको र महाशाखा नै नरहेको ठाउँमा सरुवा गरेको तथा अन्य कर्मचारीहरुलाइ पनि राजनीतिक पूर्वाग्रह राखी मनलाग्दी तरिकाले सरुवा गरेपछि संघ विज्ञप्ति निकाल्न बाध्दय भएको संघका अध्यक्ष अशोक कुमार चौरसियाले जानकारी दिनु भयो । प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्यायले काँग्रेस निकटका कर्मचारीहरुलाइ अनावश्यक रुपमा पटक पटक निराधार आरोप लगाउँदै कारवाहीको चेतावनी दिदै हिड्ने गरेको अर्का एक कर्मचारीले नाम नबताउने सर्तमा बताए ।

संघका अध्यक्ष अशोक कुमार चौरसियाद्वारा जारी बक्तव्यमा कर्मचारीको दरबन्दी नै नभएको विभागमा सरुवा गर्ने जस्ता घटिया व्यवहार प्रशासनबाट भएको भन्दै तत्काल उक्त सरुवा सच्याउन भनिएको छ । पूर्वाग्रही रूपमा गरिएको सरुवा र अन्य व्यवहार तत्काल नसच्याए कडा संघर्षका कार्यक्रम ल्याउने जारी विज्ञप्तिमा उल्लेख गरिएको  छ ।
विज्ञप्तिको पूर्णपाठ यसप्रकार रहेको छ :

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ