arrow

समाजवादी पार्टीको आजको बैठकले सरकार छाड्ने निर्णय गर्ला ?

logo
राजु रिमाल,
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
upendra_yadav.jpg

काठमाडौं। बहुचर्चित समाजवादी पार्टीको केन्द्रीय परिषद्को बैठकले सरकार छोड्ला वा निरन्तरता देला भन्ने चासो सबैतिर बढेको छ। प्रधानमन्त्री केपी ओली र समाजवादीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव बिचमा चिसोपन बढेको भन्ने समाचार बाहिरिएको बेला समाजवादी पार्टीको आजबाट केन्द्रीय समितिको बैठक सुरु भएको छ।

पार्टीका केन्द्रीय परिषदका सदस्य र केन्द्रीय सदस्यहरुलाई बैठकमा सहभागी हुन प्रज्ञा प्रतिष्ठानमा बोलाइएको छ। आजको बैठकमा परिषद्का अध्यक्षता केन्द्रीय परिषद्का अध्यक्ष बाबुराम भट्टराइले गर्दैछन। केन्द्रीय परिषदमा १ हजार सदस्य रहेका छन। पार्टीका नेता विश्वदिप पाण्डेका अनुसार केन्द्रीय परिषद्को बैठकमा अध्यक्ष भट्टराइले ‘समाजवादी पार्टी निर्माण र आगामि कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन पेश गर्ने छन्।

शुक्रबार र शनिबार केन्द्रीय समितिको बैठक बस्ने छ। पाण्डेका अनुसार आज (बिहीबार) केन्द्रीय परिषद र केन्द्रीय समितिको संयुक्त बैठक बस्ने छ। शुक्रबार र शनिबार भने केन्द्रीय समितिको मात्र बैठक बस्ने छ। शुक्रबार र शनिबारको बैठकको अध्यक्षता उपेन्द्र यादवले गर्ने भएका छन्। समाजवादी पार्टीको केन्द्रीय सदस्यको संख्या ४ सय ४६ छ। केन्द्रीय समितिको बैठकमा अध्यक्ष यादवले प्रतिवेदन पेश गर्ने छन्। 

यसपटक समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकलाई चासोको साथ हेरिएको छ। बैठकले सरकार छाड्ने या नछाड्ने विषयमा निर्णय गर्ने छ। सरकार छाड्ने विषयलाई बैठककको प्रमुख एजेण्डा बनाइएको छ। पार्टी भित्र सरकार छाड्ने र नछाड्ने विषयमा फरक फरक मत रहेको छ। पूर्व नयाँ शक्ति पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरु सरकार छाड्ने पक्षमा छन भने पूर्व संघीय फोरमका केही नेता तत्काल पार्टी छाड्न हुदैन भन्ने पक्षमा छन् तर पार्टीको तल्लो पंक्ति भने सरकार छाडेर आन्दोलनमा जानु पर्ने पक्षमा उभिएको छ।

स्रोतका अनुसार केन्द्रीय परिषदका अध्यक्ष भट्टराइ सरकार छाड्ने लाइनमा उभिएका छन तर यादव भने तत्काल सरकार छाड्ने पक्षमा नदेखिएको यादव निकट नेताहरु बताउछन्। केन्द्रीय समितिले गर्ने निर्णयमा यादव हावी हुने पार्टीका नेताहरु बताउछन्। ‘तर पनि सरकार छाड्ने या नछाड्ने विषयमा अहिले नै यही निर्णय हुन्छ भन्न सकिने स्थिति छैन।’ केन्द्रीय सदस्य अशोक यादवले भने।

केन्द्रिीय समितिको बैठकमा एजेण्डा तय गर्न बुधबार पदाधिकारी बैठक बोलाइएको थियो। समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले गर्ने निर्णयलाई राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पनि ठूलो चासाको साथ हेरेका छन। समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गर्‍यो भने समाजवादी पार्टी र राजपावीच पार्टी एकीकरण प्रक्रिया अघि बढ्ने तर समाजवादी पार्टीले सरकार छाड्ने निर्णय नगरेमा समाजवादी पार्टी र राजपावीचको एकीकरण प्रक्रिया स्थगित हुने राजपाका नेताहरुले बताउदै आएका छन्। 

समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्न राजपाले कात्तिक मसान्तमा गर्ने भनिएको एकता महाधिवेशन पनि स्थगित गरेको छ। महाधिवशनको अर्को मिति तय गरिएको छैन। नयाँ मिति घोषणा गर्नु अघि राजपाका नेताहरु समाजवादी पार्टीले गर्ने निर्णय  पर्खेर बसेका छन्। ‘समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गर्‍यो भने महाधिवेशन अघि नै पार्टी एकीकरण हुन्छ। 
त्यसैले अहिले हामी समाजवादी पार्टीले गर्ने निर्णयलाई हामीले पर्खेर बसेका छौ।’राजपाका महामन्त्री केशव झाले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ