arrow

यस्ता उम्मेदवार जसले मत माग्दैनन

स्थानीयको समस्या सोध्छन्

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
tilakrai.jpg

धरान । चुनावमा उम्मेदवार भए पनि शान्ति पुर्ण रुपमा मत माग्न पाउनु उम्मेदवारको अधिकारको कुरो हो  तर नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राई अधिकारसंगै  कर्तव्य पनि पूरा गरिरहेका छन ।

उनी जहाँ जहाँ जान्छन तपाँइको समस्या के छ ? भनेर सोधि हाल्छन । मलाइ मत दिनुस पनि भन्दैन धरानको बिकाश गर्न साथ दिनुस् है भनेर उमेर अनुसारको सद्वभाव देखाउछन । जित्नकालागी आशिर्वाद माग्छन धरानलाई समृद्ध बनाउन सहयोग गर्नुस भन्छन ।

मलाई मत दिए अवसर हुने कम्युनिष्टलाई मत दिए काम नगरेको सजाए हुने बताउदै कांग्रेसका उम्मेदवार राई फेरी आशिर्वाद लिन आए है भनेर मुस्काउछन  । घर घर पस्छन र तपाईको समस्या के छ भनेर टिपोट समेत गर्छन ।

बिहिबार धरान–१३ को भुपु सैनिक मार्गमा भारती राईले कर बढ्यो तर बिकाश भएन भनेर राईलाई प्रश्न गरिन । राईले कर घटाउने र भ्रष्टाचार अन्त्य गरेर नगर समृद्ध बनाउने भन्दै परिवर्तन आवश्यक रहेको बताए । उनले धरानबासीले एक मौका दिए धरान भित्रका बिकृतीको अन्त्य गराउने प्रतिबद्धता ब्यक्त गरे ।

धरान–१३ मा भारती राईसहित दर्जनौ स्थानीयले समस्या राई समक्ष राखेका थिए भने राईले धरानको बिकासमा परिवर्तन आवश्यक रहेको र समृद्धिको सहयात्रा धरानबासीसंग हातेमालो गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ