arrow

खुमबहादुरलाई चुनाव जिताएका ईमान्दार नेता आचार्यलाई सबै मिलेर जिताउन जोड

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
election-dang.jpg

हापुरे । नेपाली कांग्रेसले पश्चिम दाङमा आम निर्वाचनको चुनावी सभा र घरदैलो कार्यक्रमलाई तिब्र पारेको छ । बिहिवार कांग्रेसले पञ्चकुले र हसपुरमा विशाल चुनावी सभाको आयोजना गरेको छ । दुबै कार्यक्रममा बोल्ने कांग्रेसका नेता तथा कार्यकर्ताहरुले  दाङ क्षेत्र नं ३ ख का उम्मेदवार कांग्रेसका पुराना,त्यागी र ईमान्दार नेता केशब आचार्यलाई उम्मेदवार बनाएकोमा गाउँगाँउमा खुसियाली छाएको बताएका छन् ।

उनिहरुले पश्चिम दाङको राजनीतिमा केशब आचार्यलाई अन्य उम्मेदवारहरुसंग कसैले पनि मुल्यांकन गर्न नहुने बताएका छन । उनिहरुले  तत्कालीन रुपमा स्वर्गीय नेता खुमबहादुर खडकाको चुनावी कमाण्ड सफल रुपमा सम्हालेर विजयी बनाएका नेता आचार्यलाई अहिले सबै मिलेर बिजयी बनाउनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा बोल्ने बक्ताहरुले बर्तमान सरकार सबै क्षेत्रबाट तहस नहस र पतन भैसकेको भन्दै कम्युनिष्टको एकीकरण पनि धेरै दिन टिक्न नसक्ने बताएका छन। बर्तमान कम्युनिष्ट सरकार  मुलुकमा भ्रष्टाचार ,लुटतन्त्र,र सत्ताको दुरुपयोग गर्न लागिपरेको भन्दै बिकासका नाममा नदिनालाको दोहन गरिरहेको भन्दै नैतिक रुपमा समेत पतन भैसकेको बताएका छन ।

उनिहरुले बर्तमान सरकारले नेपाली जनतालाई अनावश्यक करको भारि बोकाउने काम भन्दा अरु केही पनि जनताले आशा गरेअनुसार परिवर्तन गर्न नसकेको जिकिर गरेका छन । उनिहरुले पश्चिम दाङमा भएका ठुला बिकास निर्माणहरु  सडक ,सिचाइ ,बिधुत तथा पुल पुलेसाहरु कांग्रेसकै पालामा सुरु भएको बताएका छन । उनिहरुले युगौ युग सम्मपनि कांग्रेसले गरेको बिकासका योजनाहरु पश्चिम दाङबासिहरुले भुल्न नहुने बताएका छन ।

अहिलेको विषम परिस्थितिमा कम्युनिष्टहरुको अन्याय ,अत्याचार ,बलत्कारलाई निर्मुल पार्न कांग्रेस एक ढिक्का भएर अगाडि बढेको बताएका छन ।

कार्यक्रम प्रदेश सभा सदस्यका उम्मेदवार केशब आचार्यले आफु तीन दशकदेखि जनताकै माझमा रहेर काम गरिराखेको भन्दै सबैलाई सहयोग गर्न अपिल गरेका छन्। उनले पश्चिम दाङबाट कांग्रेसको पक्षमा जनलहर ल्याएर  देशब्यापी सन्देश दिन आतुर रहेको बताए । उनले आफुलाई विजयी बनाउन बर्तमान सन्दर्भमा दाङ कांग्रेस लागिपरेको भन्दै आफ्नो बिजयको सुनिश्चित भैसकेको बताए।

कार्यक्रममा केन्द्रीय सदस्य एव पुर्व मन्त्री दिपक गिरि,कांग्रेस दाङका सभापति किर्तिबहादुर खड्का ,निबर्तमान सभापति घनश्याम रेग्मी,पुर्व सभापति बिरकेश्वरि गौतम,संविधान सभा सदस्हरु बुद्दिराम भण्डारी ,राजु खनाल,राष्ट्रिय सभा  सदस्य एव महिला नेतृ अनिता देबकोटा ,प्रदेश सभा सदस्य अर्जुन श्रेष्ठ ,नेपाल बिधार्थी संघका पुर्व केन्द्रीय अध्यक्ष नयन सिंह महर, पुर्व सासद गेहेन्द्र गिरि,कांग्रेस
नेताहरु महादेब शाह,जगत बहादुर खडका,युवा नेता सुरेश हमाल,तरुण दल दाङका अध्यक्ष टीका घर्ती,खिमप्रसाद खराल,टिकाराम रोका,ब्यबसायि जनक खराल,देबिका नेपाली लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा स्थानीय नेताहरु गनेश केसि,टेक बहादुर वलि,कुल बहादुर खत्री,धनसिह खत्री ,प्रेमा बुढाथोकि लगायतले कांग्रेसका उम्मेदवार केशब आचार्यलाई विजयी बनाउन आफुहरु लागिपरेको बताएका थिए । बबई गाउपालिका वडा नम्बर २ का सभापति कृष्ण खत्री र ६ का सभापति डिल्ली बहादुर खड्काको सभापतित्वमा चुनावी सभाको आयोजना गरिएको थियो ।

पश्चिम दाङका दुईवटा चुनावी सभामा अनेरास्ववियु जनता माबि हसपुरका पुर्व ईकाई सभापति बिरेन्द्र प्रसाद वलि सहित एकसय पचास बढि युवा तथा जेष्ठ नागरिकहरु नेकपा पार्टी परित्याग गरि कांग्रेसमा प्रबेश गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ