arrow

नेकपा उठ्न नसक्ने गरी पतनको दिशामा : बाबुराम भट्टराई

घरघरमा ग्याँस पाइपको अवधारणा सार्वजनिक शौचालयबाट बनेको गोबरग्याँस उद्घाटन गरेर तुष्टिकरण गरिँदै

logo
राजु रिमाल,
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं। समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी आउँदा केही बर्ष वा दशकभित्र भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख भएको बताएका छन्। बिहीबार बसेको पार्टीको केन्द्रीय परिषद्को बैठकमा राजनैतिक प्रतिबेदन पेश गर्दै उनले पार्टीको स्थापनाकालीन मान्यता, सिद्धान्त र उद्देश्यहरु विश्वव्यापी रुपमा असफल भएपछि नेपालको कम्युनिष्ट आन्दोलन कुहिरोको कागजस्तो बन्न पुगेको बताएका छन्।

‘नेकपाको राजनीतिक व्यवहार र नेकपाले संचालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दैछ। यो पार्टीका ठूल्ठूला नेताहरु भ्रष्टाचार तथा नैतिकपतनका घटनामा लज्जास्पद ढंगले उदांगिदैछन।’ प्रतिवेदनमा उनले भनेका छन्, ‘एकातिर उनीहरुले माक्र्सवाद–लेनिनवाद–माओवादप्रति शाब्दिक निष्ठा व्यक्त गर्न छोडेका छैनन्।

अर्कोतिर यी विचारको सान्दर्भिकता र प्रयोगबारे उनीहरुमा व्यापक अन्यौल, अविश्वास, निरासा र हिनताभाष छ।’ प्रतिबेदनमा उनले उनले भनेका छन्,‘ यही वैचारिक संकट बीच उनीहरुले आफूलाई ‘दार्शनिक तथा वैचारिक कम्युनिष्ट नभएर केवल राजनीतिक रुपमा मात्र कम्युनिष्ट’ भएको बुझिदिन आग्रह गर्दै आएका छन्।’ 

आर्थिक क्षेत्रमा नेकपाले कांग्रेसको नवउदारवादी नीतिलाई नै निरन्तरता दावी गरेका छन् उनले भनेका छन, ‘शिक्षा र स्वास्थ्यको व्यापारीकरण कम्युनिष्ट नेतृत्वको सरकारमा पनि रोकिएको छैन। एनसेलको पुँजीगत लाभकर, बुढीगण्डकीको गेजुवा तथा वाइडवडी कमिसन प्रकरण भएका छन्।’

सम्पति शुद्धीकरण आयोगलाई निस्क्रिय बनाउने तथा ठूला आयोजनाहरु विना टेन्डर सिधै सम्झौता गर्न सक्ने प्रकरणको भित्री रहस्य कालो धन र कमिसनतन्त्रसंगको साँठगाँठ हो भन्ने कुरामा कुनै शंका छैन भनी उलने कम्युनिस्ट पार्टीको आलोचना गरेका छन्।

प्रतिबेदनमा उनले कम्युनिस्ट पार्टीको चर्को आलोचना गर्दै भनेका छन्। ‘एकातिर लोकतन्त्रप्रतिको आफ्नो निष्ठामा शंका नगर्न अनुनय विनय गर्दछन अर्कोतिर ‘कम्युनिष्ट–कम्युनिष्ट’ को नाममा सामिप्यता र आडभरोसा खोज्न पनिछोडेका छैनन्। एकदलीय सर्वहारा राज्य वा कम्युन प्रणालीलाई मौका पर्ने वित्तिकै गौरवीकरण गर्दछन्।’

नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको उनले ठोकुवा गरेका छन्। उनले नेपाली कांग्रेसलाई  प्रमुख प्रतिपक्षको भूमिका समेत राम्ररी निभाउन नसकेको आरोप लगाएका छन् भने राजपासँग पार्टी एकीकरणको प्रयास भइरहेको जनाएका छन्।

‘सरकारमा पार्टीको संलग्नताको समिक्षा गरौ ’
भट्टराइले संघीय सरकारमा पार्टीको संलग्नताबारे गम्भीर समीक्षा गर्नु जरुरी भएको बताएका छन्। प्रतिबेदनमा उनले भनेका छन, ‘यस सन्दर्भमा सरकार र सरकार सम्बद्ध पार्टीसँग वार्ता अगाडि बढाउने, २ बुँदे सहमती अनुरुप संविधान संशोधनका लागि संशोधनको प्रकृया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रकृया अगाडि नबढाएमा सरकारबाट वर्हिगमनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नु पर्दछ।’

संविधान संशोधन गर्ने शर्तमा २०७५ जेष्ठ १८ गते तत्कालिन संघीय समाजवादी फोरम नेकपा नेतृत्वको सरकारमा सामेल भएको बताउदै समाजवादी पार्टीले त्यही निर्णयलाई निरन्तरता दिइरहेको चर्चा गरेका छन्। उनले भनेका छन, ‘तर सरकारको नेतृत्व गर्ने पार्टीले एकातर्फ संविधान संशोधन गर्न कुनै चासो देखाएको छैन भने अर्कातर्फ प्रदेश प्रमुखहरुलाई एकलौटी निर्णय गरेर हटाउने जस्ता काम गरिरहेको छ। साझेदार दलसंग महत्वपूर्ण निर्णय लिदा सरसल्लाह गर्नु पर्ने सत्ता संचलानको सामान्य मर्यादा समेत ख्याल गरिरहेको छैन।’

उनले प्रधानमन्त्रीको कार्यशीलको कडा आलोचना गरेका छ्। अनेक उखानटुक्का र भ्रामक अवधारणाबाट लोकरिज्याई गरेर सत्तामा आएका प्रधानमन्त्रीको कार्यशैली बिल्कुल ‘गफास्टक’ प्रकृतिको भएको उनलेब ताएका छन्। प्रतिबेदनमा उनले भनेका छन, ‘नेकपा सरकार जनअपेक्षा अनुरुप कार्य गर्न असफल भएको मात्र हैन, उल्टो आफै अकर्मण्यता, भ्रष्टता र यथास्थितिवादको दलदलमा फस्दै गयो। यो सरकारले न राजनीतिक समस्या हल गर्नतिर ध्यान दियो न आर्थिक विकासको कुनै मोडेल तयार गर्न सक्यो न सुशासन दिन सक्यो न सहिष्णु लोकतान्त्रिक संस्कृति नै निर्माण गर्यो।’

अनेक फोस्रा आश्वासनले सृजना गरेको अभूतपूर्व नैतिक संकटबीच यो सरकारले दुई वर्ष गुजार्दै गएको बताउदै उनले भनेका छन, ‘२ बर्ष अगाडि नै तीव्र गतिको चुच्चे रेलको स्टेशन बनाउने गफ दिए तर, महामहिम सी जिङ पिङको भ्रमणपछि भरखरै केरुङ–काठमाण्डौं रेलमार्गको संभाव्यता अध्ययन गर्ने कुरा मात्र भएको छ।’ प्रधानमन्त्रीलाई व्यग्यं गर्दै उनले प्रतिबेदनमा भनेका छन, ‘घरघरमा ग्याँस पाइपको अवधारणा सार्वजनिक शौचालयबाट बनेको गोबरग्याँस उद्घाटन गरेर तुष्टिकरण गरिँदैछ। हनुमाननगरबाट चल्ने पानीजहाजको टिकट पोहर सालको पुष १ गतेदेखि पाइने कुरा गरियो तर अचेल चर्चा गर्न छोडिएको छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ