arrow

कालापानी भारतले मिचेकोबारे बोल्ने चीनले आफूले सीमा मिचेकोबारे लेख्नेप्रति पोख्यो असन्तोष 

logo
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
Nepal-India-china-flag1.jpg

काठमाडौं । भारतले नेपालको सीमा मिचेको विषयमा चीनले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपालको कालापानीलाई भारतले नयाँ नक्सामा गाभेको बिषयमा चीनले बिहीबार पहिलोपटक आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको हो । 

चीनले विवादलाई वार्ताकै माध्यमबाट समाधान गर्न समेत आग्रह गरेको छ । चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको पनि स्पष्ट पारेको छ । 

चिनियाँ दूतावासका प्रवक्ताका तर्फबाट बिहीबार साँझ जारी विज्ञप्तिमा दुई देशबीच मैत्रिपूर्ण सम्वादमार्फत नै कालापानीको विवाद समाधान गर्ने विश्वास गरेको छ । 

तर नेपाल, भारत र चीनको त्रिदेशीय बिन्दूका सम्बन्धमा चीनले बोलेको छैन । चीनलाई पनि सीमा मिचेको आरोप लागेको छ । यस सम्बन्धमा पनि विज्ञप्तिमा केही उल्लेख छैन । 

त्यसको सट्टामा दूतावासले चीनले नेपाली भूभाग मिचेको र त्यसको पनि समाधान हुनुपर्छ भन्ने समाचार लेख्ने मिडिया, व्यक्ति र नेताहरुसमेतप्रति असन्तुष्ट व्यक्त गरेको छ । 

चीनले नेपाल र चीनबीच सन् १९६१ मा भएको सीमा सन्धीको पृष्ठभूमि उल्लेख गर्दै दूतावासले त्यही आधारमा सीमा तय भएको र सीमांकन भएको पनि भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ