arrow

सल्लाहकारका नामका जागिरेहरुसँग प्रधानमन्त्री असन्तुष्ट, हटाइए ६ जना

प्रेस सल्लाहकार र संयोजक दुबै हटाइए

logo
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
kundan_aryal.JPG

काठमाडौं। राजिनामा दिन लगाइएका सल्लाहकार समुह र सचिवालयका सदस्य मध्ये पहिलो चरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जनालाई पदमुक्त गरेका छन्। 

पहिलो चरणमा प्रधानमन्त्रीले प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनालीलाई हटाएका हुन्।मंसीर १ गतेदेखि लागु हुने गरी हटाइएका अन्य सचिवालय सदस्यहरुमा प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेल छन्। 

वालुवाटार निकट एक स्रोतले प्रधानमन्त्री आम नागरिकसँग प्रत्यक्ष सम्पर्क हुने सल्लाहकारहरुसँग सन्तुष्ट नभएको रहेछ भन्ने पहिलो चरणमा पदमुक्त गरिएकाहरुलाई हेरेरै थाहा हुने बताए। प्रेस सल्लाहकार र जनसम्पर्क सल्लाहकारहरुले जागरि मात्र खाएको तर सरकार रक्षात्मक हुँदा पनि राम्रोसँग विषयलाई राख्न नसकेकोमा प्रधानमन्त्री ओली सन्तुष्ट हुन नसकेको स्रोतले बतायो। 

प्रेस सल्लाहकार कुन्दन अर्याल पत्रकारीताका लेक्चर भएपनि पत्रकारितामै नपच्ने कतिपय टिप्पणी र अभिव्यक्तका कारण विवादमा तानिएका थिए। जनसम्पर्क सल्लाहकार पनि जागिरे भन्दा माथिको हैसियतमा उठ्न नसकेपछि उनीहरुको औचित्य सकिएरै विकल्प खोजिएको वालुवाटार स्रोतले बतायो। 

जीफन्टमा हुँदादेखि प्रधानमन्त्री भएसम्म ओलीलाई हर समयमा सहयोग गर्दै आएका प्रमुख सल्लाहकारमा नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमाललाई भने प्रधानमन्त्रीले निरन्तरता दिने नै संकेत गरेका छन्। 

प्रम ओलीनिकट स्रोतका अनुसार प्रधानमन्त्रीका अन्य सल्लाहकार र सचिवालयका सदस्यहरुले पनि अहिले निरन्तरता पाउनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ