arrow

तत्कालीन माओवादी कमाण्डर घरदैलोमा मत माग्दै

logo
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
pratap_2.jpg

घोराही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसी (प्रताप) जनयुद्धका गोलीका छर्रा बोकेर मतदाताको घरदैलो पुगेका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा घोराही १६ को वडाध्यक्ष पदका उम्मेदवार केसीले छर्रा बोकेर मतदाताको घरमा घरदैलो गरिरहेका छन्।

जनआन्दोलन २०६२-०६३ पश्चिात रिहा भएका प्रतापले शान्तिकालमा जनमुक्ति सेनामा रहेर काम गरेका थिए थिए। माओवादी अन्तर्गत रहेको जनमुक्ति सेनाको कम्पनी कमाण्डर समेत रहेका प्रतापले २०६८ सालदेखि जनमुक्ति सेनाको यात्रा छोडेका हुन् ।

नेकपाको तर्फबाट उम्मेदवार बनेका प्रतापले आफ्नो पक्षमा मत पार्नका लागि चुनाबी प्रचारलाई निकै मसिनो गरी गरीरहेका छन् । नेकपाका नेताहरुको सहभागीतामा प्रतापले निर्वाचनलाई बस्ती बस्तीमा पुर्‍याइरहेका छन् ।

निर्वाचन परिचालन कमिटीको बैठक मार्फत् विभिन्न टोलस्तरका प्रचार समिति गठन समेत भएको अबस्थामा उम्मेदवार सहितको टोली पनि टोल टोलमा पुग्न सुरु गरेको छ ।

नेकपाका वडाध्यक्ष गजेन्द्रसिंह खड्का, सचिब दउमन दमाईसहित स्थानीय कार्यकर्ताहरुले उम्मेदवार प्रतापलाई जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरुले प्रचारमा साथ रहेको छ । उम्मेदवार केसीले आफु पार्टीको सिपाही भएको प्रतिक्रिया दिदै निर्वाचनमा आफुलाई जनताले साथ दिने बताए।

घोराही १६ मा रहेका विभिन्न ३७ टोलहरुमा सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवार प्रतापले घरदैलो, भेटघाट, सभा जस्ता कार्यलाई दैनिक तीब्र बनाउनु भएको छ । गएको कार्तिक २७ गते पार्टीका तर्फबाट आधिकारिक रुपमा उम्मेदवारी दर्ता गरेपछि यस्ता कार्यलाई जारी राखेका छन्।

साबिकको मानपुर गाबिसको बनकीमा २०३९ साल मंसिर २० गते दामोदर केसी र मिना केसीको कोखबाट दोस्रो सन्तानका रुपमा जन्मिएका केसी २०५४ सालमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुको जिल्ला सदस्य बनेका थिए ।

मानपुरमा रहेको दिपेन्द्र माध्यामिक बिद्यालयमा कक्षा ७ मा अध्ययन गर्दैगर्दा जिल्ला सदस्य बन्नुभएका प्रतापले २०५७ सालदेखि जनयुद्धमा सामेल बनेका थिए । जनयुद्धमा जनमिलिसियाबाट यात्रा गरेका प्रतापले चार बर्ष हिरासत र कारागारको जीवन बिताएका छन्।

आठ महिना नेपाली सेनाको हिरासतमा बसेका प्रतापले त्यसबाहेक तुलसीपुर घोराहीमा रहेको कारागारमा जीवन बिताएका थिए। घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्मको अध्ययन पुरा गरेका प्रतापले बाँकी अध्ययनलाई अगाडि बढाउन सकेनन् ।

 

स्थानीय मतदातासंग प्रतापले सडक, कलभर्ट, खानेपानी, स्वास्थ्य, सञ्चारसंगै समग्र वडाको आबश्यकता अनुसार काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्दै आएका छन्  । यसका लागि मतदातालाई आफुलाई जिताउन आग्रह गरेका छन्  । पार्टीले आफुलाई बिश्वास गरेको भन्दै जनताले पनि बिश्वास गरेर मत दिनेमा आफु ढुक्क रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ