arrow

कांग्रेस सभापति देउवा पुनर्वास आउदै

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ कार्तिक २९ शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा आगामी मंसिर १४ गते हुने वडाध्यक्ष पदको निर्वाचनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा शनिबार आइबिआरडी आउने कार्यक्रम रहेको छ ।

उप निर्वाचनमा   पार्टीको उम्मेदवारलाई जिताउन कार्यकर्ता संग भेटघाटका लागि  सभापति शेरबहादुर देउवा भोलि कार्तिक ३० गते आईबिआरडी आउने भएपछि नेपाली कांग्रेसक्षेत्र नम्बर १ ले तयारी थालेको छ ।

पार्टी सभापती तथा पुर्व प्रधानमन्त्री देउवाको शनिबार बिहान ८ बजे बेल्डाँडी गाउँपालिकाको चवन्नी बजार , बिहान ९ बजे बेलौरी स्थित क्षेत्रीय पार्टी कार्यालय र साढे ९ बजे पुनर्वासको आईबिआरडीमा कार्यकर्ता भेटघाट कार्यक्रम तय गरिएको नेपाली कांग्रेसक्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्यायले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ