पुनर्वास। नेकपा सरकार दिनप्रतिदिन जनताको नजरमा अलोकप्रिय बन्दै गएको उप निर्वाचनमा पार्टीका उम्मेदवारका पक्षमा जनमत निर्माण गर्न शनिबार कञ्चनपुरको पुनर्वास पुगेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।
शनिवार पार्टीका कार्यकर्ता भेटघाटका क्रममा कञ्चनपुरको दक्षिणी क्षेत्रको पुनर्वास पुगेका काँग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री देउवाले भने, "ओलि नेतृत्वको नेकपा सरकारका काम र व्यवहार देखेर जनता आजित भइ सकेका छन् अब जनताले कम्युनिस्टको बिकल्प खोज्दै गरेकाले पार्टीका उम्मेदवारलाई जिताउन एक ढिक्का भएर अगाडि बढ्नुस।"
पुर्व प्रधानमन्त्री तथा कांग्रेस सभापती देउवाले भने, "नेकपाबाट जन निर्वाचित जनप्रतिनिधिहरु आचारसंहिता उलंघन गर्दै स्वैच्छाचारी ढंगले हिडिरहेका छन्। खोक्रा राष्ट्रवादका गफ बाहेक सरकारले केही दिन सकेन।"
बिकास निर्माणका कार्य र योजनाहरुमा चरम भ्रष्टाचारमा डुबिरहेका छन यस्तो बेला जनताले काँग्रेसको साथ खोजी रहेको उनले बताएका छन्। सभापति देउवाले भने, जिल्लाको दक्षिणी क्षेत्रको बिकास निर्माणको थालनी नेपाली काँग्रेसले नै सुरु गरेको हो र अबको बिकास काँग्रेसले नै गर्ने छ।
शनिबार कांग्रेस सभापती देउवाले जिल्लाको दक्षिणी भागमा रहेको निर्वाचन क्षेत्र नम्बर १ का बेल्डाँडी, बेलौरी र पुनर्वासमा पार्टी कार्यकर्ता भेटघाट तथा सम्बोधन र निर्देशन दिएका छन्।
"नेकपा सरकारको जन भावना बिपरितका कामका बिरुद्ध अब कांग्रेसका कार्यकर्ता सशक्त भएर लाग्नुस। सरकार दिनप्रतिदिन जनताको नजरमा अलोकप्रिय बन्दै गएको छ", देउवाले भने।