arrow

नेपाल पत्रकार महासंघ विभेदकारी भएको विवेकशिल नेपाली दलको गम्भिर आरोप

logo
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
bibekshil4.jpg

काठमाडौं। नेपाल पत्रकार महासंघले कार्तिक २९ गते पोखरामा आयोजना गरेको 'प्रतिनिधि सभा उपनिर्वाचन उम्मेदवार सम्वाद' कार्यक्रमप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध जनाएको छ। 

दलका प्रतिनिधि र स्वतन्त्र रुपमा कास्की २ का ७१,८२१ मतदाताहरूलाई साक्षी राखी निर्वाचनमा होमिएका उम्मेदवारहरु मध्ये सीमित ४ जना उम्मेदवारहरू मात्रलाई निम्ता गरी मञ्चन गरिएको 'उम्मेदवार सम्वाद' कार्यक्रम अत्यन्तै विभेदकारी रहेको विवेकशिलको आरोप छ। 

निर्वाचनमा नागरिकबाट अनुमोदन नहुँदासम्म सम्पूर्ण उम्मेदवारको हैसियत बराबर रहन्छ भन्ने स्थापित मान्यतालाई नजर अन्दाज गरेको कार्यक्रमलाई विवेकशीलले खेदजनक भनेको छ। 

लोकतान्त्रिक व्यवस्था अभ्यास गर्न लागेको झण्डै ७ दशक भइसक्दा पनि सामाजिक तथा नागरिक संस्थाहरू अझै संकीर्ण लोकतन्त्रको चौघेराबाट बाहिर निस्किन नसकेको देख्दा थप जिम्मेवारीबोध महशुस भएको विवेकशीलले भनेको छ।

नेपाल पत्रकार महासंघ जस्तो गरिमामय र लोकतान्त्रिक मूल्यलाई आत्मसात गर्ने संस्थाबाट आगामी दिनमा यस किसिमको विभेदकारी कदमहरु चाल्नु नागरिक तथा सामाजिक संस्थाको मूल्य मान्यता विपरीत हुने भन्दै विवेकशील नेपाली दल महासंघलाई सचेत गराएको छ।  

लोकतन्त्रमा नागरिकको मन र मत नै सर्वोच्च र निर्णायक हुने कुरामा विवेकशील नेपाली दलले आफ्नो दृढ विश्वास प्रकट गरेको छ। पत्रकार महासंघ जस्तो संस्थाले मतदाता माझ पुग्न असहयोग गरे पनि विवेकशील नेपाली दल आम नागरिक तथा मतदाताहरु बीच आफ्ना पक्ष, विचार र कार्यक्रमहरू निरन्तर प्रस्तुत गरिरहेको विवेकशील नेपाली दलका निति सचिव सन्जिव भट्टराईले विज्ञप्ती निकाली जनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ