arrow

सीमाबारे मन्त्रीको भाषणप्रति झाँक्रीको आक्रोश

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
ramkumari-jhakri-new.jpg

काठमाडौं । छिमेकी मुलुकले सीमा मिचेको बारेमा चर्चा परिचर्चा भइरहँदा सरकारका गतिविधिप्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद एवं केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले आक्रोश पोखेकी छिन् । 

उनले सरकारले कुटनीतिक पहल गर्न नसकेको प्रति आपत्ति जनाउँदै भाषण गर्दै हिँड्ने आफ्नै पार्टीका मन्त्रीहरुप्रति रीस पोखेकी हुन् । 

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले मन्त्रीहरु बेतुकमा हिँडिरहेको आरोप लगाइन् । उनको ट्वीटर यस्तो छ –
‘सिमाबारे सरकारका मन्त्रीले भाषण गर्दै हिड्ने की त्यो देशको राजदूतलाई बोलाएर सोध्ने ? बक्तब्य निकाल्ने की ? मन्त्रिपरिषदले तुरून्त आफ्नो राजदूत मार्फत ध्यानाकर्षण गराउने ?कुटनितीक पहल गर्न आफ्नो प्रतिनिधि पठाउने ? वा हामी हाम्रो भूमी एक ईन्च पनि मिच्न दिन्नौ भन्ने बेतुकको भाषण दिने ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ