arrow

मातिएर सिमा नाघेको नेकपा सरकारको मुल्यांकन उपनिर्वाचनबाट : निधि

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
nidhi-news-aa.jpeg

रामेछाप। नेपाली कांग्रेसका उपसभापति तथा पुर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीले सरकारको मुल्यांकन आसन्न उप निर्वाचानले गर्ने बताएका छन । आइतवार दुइदिने रामेछापको राजनैतिक बसाइ सकेर राजधानी फर्कने क्रममा प्रेस युनियन रामेछापले आयोजना गरेको पत्रकार भेटघाटमा नेता निधिले अवको उपनिर्वाचनले ठुलै कायापलट नगरेता पनि सरकारको कामको मुल्यांकन गर्ने दावी गरेका छन ।

दुइतिहाइको दम्भले मातिएर सिमा नाघेको नेकपा सरकारको गतिविधीबाट आजित बनेका जनताले त्यसको परिणाम अबको उपनिर्वाचनबाट देखाउने बताएका छन । उनले वर्तमान सरकार शान्ति सुरक्षा, कानुनी व्यवस्था र प्रेस स्वतन्त्रतामा समेत अंकुश लगाउन लागि परेको बताए । स्वतन्त्र लेखन र कलाकारिताको क्षेत्रमा बन्देज लगाएर सरकार एक दलिय अधिनायकबादमा उन्मुख भएको बताए ।

संवैधानिक व्यवस्था अनुसारको कानु नबन्दा सबैतिर समस्या भइरहेको अवस्थामा सरकारले कानुन बनाएर अधिकारहरु प्रत्योजन गर्न नसकेको निधीको भनाइ छ । देशको राजनीति संवेदनशील अवस्थामा पूग्न लाग्दा समेत सरकार गैर जिम्मेवार बन्नु सबैको चासो र चिन्ता बिषय बनेको निधिले बताए ।

सिमा विवादले मुलुकलाई तताइरहेको बेला सरकारले विगतका सहमतिका अवस्थालाई प्रयोग गर्न नसकेको आरोप लगाए । सिमा विवाद दुबैतर्पबाट भएको कुरा आएको छ नि ? भन्ने पत्रकारको जिज्ञासामा निधिले भने सिमा विवाद भनेको डाक्टरले गर्ने विरामीको उपचार हो । एकजना डाक्टरले विरामीको अवस्था अनुसार कुन उपचार पहिला गर्ने त्यसको निक्र्यौल गरेर उपचार शुरु गरेझै सरकारले पनि त्यही विधिमा सिमा विवादको उच्चतहको कुटनैतिक पहल तुरुन्त शुरु गर्न जरुरी बनिसकेको बताए ।

उनले भने मुलुकमा ठुला मानिएका दुइ पार्टी एमाले र माओवादीको नाम निसाना छैन , मासिनै सके अव नेकपाको भविष्य पनि सोही गतिमा छ । जनताले अव कांग्रेसलाई मजबुत बनाउन चाहेका छन निधीले थपे । उनले नेपाली कांग्रेस विश्व इतिहासकै लोकतान्त्रिक पार्टी रहेको बताए । लोकतन्त्रको एक आधार भनेको निर्वाचन हो, निर्वाचनबाट पदाधिकारी छान्ने कांग्रेस इतिहासकै पहिलो पार्टी रहेको निधिको भनाइ छ ।

नेतृत्वको लागि आन्तरिक प्रतिस्पर्धा हुन्छ त्यो स्वभाविक हो , त्यही प्रतिस्पर्धालाई लोकतन्त्रले सुरक्षित गराइ दिएको निधिको ठम्याइ छ । उनले सरकार र कांग्रेसको सम्बन्धका विषयमा शसक्त प्रतिपक्षको भुमिका रहेको बताए । उनले कांग्रेस सशक्त छ संसदमा संख्या कम हुदैमा कमजोर प्रतिपक्षका रुपमा व्याख्या गर्नु गलत रहेको बताए । संख्या धेरै हुदैमा र अराजक गतिविधि बढी गर्दैमा दरो प्रतिपक्ष हुन नसक्ने निधिको तर्क छ । सडक तताएर र जनतालाई सास्ती दिएर खरो प्रतिपक्ष नहुने निधिले बताए । कांग्रेज भिजन र विचारमा बहस गर्छ तर अराजकता तर्फ कहिल्यै उन्मुख हुन सक्दैन निधिले थप्दै भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ