arrow

कम्युनिष्टलाई भोट दिदै आएका कुर्विताबासीले कांग्रेसलाई मत दिने

logo
प्रकाशित २०७६ मंसिर २ सोमबार
kubirta_chok_(2).JPG

धरान । कम्युनिष्टलाई भोट दिदै आएका धरान ११ मा रहेको रिडिङ मार्गका कुर्विता चौकबासिले आसन्न मंसिर–१४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका मेयरका उम्मेदवार तिलक राईलाई मत दिने बताएका छन ।

सोमवार मत माग्न कुर्बिता चौक पुगेका कांग्रेसका उम्मेद्वार तिलक राईलाई कुर्बिता चौक टोल बिकास समितिका अध्यक्ष धनपाल राईले फुलमालाले स्वागत गर्दै यसपालीको मत तिलक राईले दिने बताए ।

नेकपाको सरकार राणा शासन कालको जस्तै अधिनायकबादी भएकाले हाम्रो मत कांग्रेसलाई दिने टोल सुधार समितिका सचिब बिक्रम राईले बताए ।

सचिब राईले भने,'कम्युनिष्टका नेतालाई सुकुम्बासीले मत दिन्छन मत पाउने बित्तिकै उनिहरु कर बढाउन फिर्ता बोकेर आउछन ।' उनले भने,' नेपाली कांग्रेसलाई हाम्रो मत परिवर्तनको पक्षकालागि भएकाले बिकल्पका लागि हो । यसपाली तिलकलाइ बिजयी गराएर टोल बिकास गर्ने आश लिएको छु ।'

सो घरदैलौ कार्यक्रममा नेताहरु सुरेशमान श्रेष्ठ , प्रबिन लिम्बू, श्याम पोखरेल, सुभाष राई लगाएत नेताहरु उपस्थिति  रहेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ