arrow

मन्त्रिमण्डल फेरबदको समाचारमा प्रचण्डको आपत्ति

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
prachanda3.JPG

काठमाडौँ । मन्त्रिमण्डल फेरबदलको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जोडेर प्रकाशित समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ ।

मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको अध्यक्ष दाहालले बारम्बार बताउँदै आएको उनको सचिवालयले प्रष्ट पारेको छ ।

“पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ”, अध्यक्ष दाहालको निजी सचिवालयद्वारा मंगलबार जारी प्रेस नोटमा भनिएको छ, “यस्ता अनर्गल र भ्रामक समाचारको घोर भत्र्सना र खण्डन गर्दछौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ