arrow

बुहारी करणीको आरोपमा ससुरा पक्राउ

logo
धनबहादुर भण्डारी,
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
pakrau-jail.jpg

डडेल्धुरा। डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा बुहारीलाई जर्बजस्ती करणी गरेको आरोपमा ससुरा पक्राउ परेका छन् । २२ वर्षीया बुहारी बलात्कारको आरोपमा ३९ वर्षीय ससुरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

सोमबार साँझ उनले बुहारी नाता पर्ने २२ वर्षीया महिलाको कोठमा नै गएर उनि माथि बलात्कार गरेका खुल्न आएको छ । जबरजस्ती करणी गरेको उजुरीपछि सोमबार राति नै ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

 ससुरालाई जर्बजस्ती करणी मुद्दा चलाइ थप अनुसन्धान भईरहेको छ । अहिले अनुसन्धानका लागि वलात्कारीलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र नजिकका नातेदार भएकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ