arrow

कास्की कांग्रेसको तेस्रो चरणका कार्यक्रम सार्वजनिक

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
khemraj_(1).jpg

पोखरा । नेपाली कांग्रेस कास्कीले चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ । उम्मेदवारसहित हुने तेस्रो चरणका कार्यक्रम ५ दिनको हुने कांग्रेसले जनाएको छ । कार्यक्रम १२ गतेसम्म जारी रहने कास्की कांग्रेसले जनाएको छ ।

कार्यक्रम अन्तर्गत मंसिर ६ गते पोखरा–४ र ९ मा घरदैलो, ७ गते पोखरा–१६ मैदानमा चुनावीसभा, पोखरा–१५ मा घरदैलो, ९ गते पोखरा–११, १७ मा घरदैलो कार्यक्रम हुनेछ । यसैगरी मंसिर १० गते पोखरा–८ र पोखरा–२० मा घरदैलो, ११ गते पोखरा–२१ र ३३ मा घरदैलो कार्यक्रम हुने कास्की कांग्रेसले जनाएको छ ।

यसैगरी कांग्रेसको चुनावी सभाको कार्यतालिका समेत सार्वजनिक भएको छ । जस अनुसार मंसिर ६ गते पोखरा–९, बसपार्क, पोखरा–४ रामकृष्णटोल, मंसिर ७ गते पोखरा–१५ मा चुनावी सभा गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका संयोजक कृष्ण केसीले जानकारी दिए ।

यस्तै मंसिर ७ गते बिहान ८ बजे पोखरा–१६ मैदानमा चुनावीसभा हुनेछ । उक्त सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका नेताहरू सहभागी हुने कास्की कांग्रेसका सभापति केसीले जानकारी दिए ।

उनका अनुसार मंसिर ६ गते नै नेपाल तरुण दल कास्की क्षेत्र नं. २ ले मंसिर ६ गते चुनावीसभा आयोजना गरेको छ । पोखरा–७ स्थित राष्ट्रबैंकचोक रत्नचोकको बीचमा सडक डिभिजन कार्यालय अगाडि कार्यक्रम हुनेछ । सभालाई कांग्रेस नेताहरू गगन थापा, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उदय समशेर राणा, विद्वान गुरुङ लगायतले संवोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि पोखरा आउने कार्यक्रम छ । उनी मंसिर ९ गते पोखरा–११, रानीपौवा, पोखरा–१७ विरौटा, मंसिर १० गते पोखरा–८, पोखरा–२०, भलाम, पोखरा–२१ ीनर्मलपोखरीको चुनावीसभामा सहभागी हुने कार्यक्रम छ ।
यस्तै, नेता शर्मा मंसिर ११ गते पोखरा–२१ को कृस्ति र पोखरा–३३ को कालिकास्थानमा हुने चुनावीसभामा समेत सहभागी कास्की कांग्रेसले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ