arrow

मरेको कुखुराले लियो पुष्पाको ज्यान

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
chicken.jpg

बैतडी । मरेको कुखुराको मासु खाँदा मंगलबार एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्की रहेका छन् ।  मासु खाँदा एउटै परिवारका नौ जना बिरामी भएका छन् ।

शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीयवासी केशव पन्तले जानकारी दिए । मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको थियो । शनिबार रातिदेखि नै बिरामी परेकी पुष्पाको आज घरमै मृत्यु भएको हो ।

 मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गङ्गा, आठ वर्षीय राकेश, ३५ वर्षीया जानकी, १२ वर्षीय मनोज, १० वर्षीय रमेश, ६ वर्षीय भुवन, ६ वर्षीय रुपेश र ४ वर्षीया सपना बिरामी भएका छन् ।

 उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिए पनि निको नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको महादेवस्थान स्वास्थ्य चौकीका अहेव राधिका कुँवरले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ