arrow

बझाङ केन्द्रविन्दु भएर आएको भुकम्पले सुदुरपश्चिमका पहाडी भागमा कम्पन

भारतीय सीमा क्षेत्रमा समेत भुकम्प महशुस

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
bajhang-quake.JPG

बझाङ। जिल्लाको खप्तड छान्ना गाउँपालिका –१ पौवागडी र खप्तड राष्ट्रिय निकुञ्जको सिमानामा केन्द्र बनाएर भुकम्प गएको छ । मंगलबार राती ७ बजेर १५ मिनेटमा ५.७ म्यग्नीच्युडको भुकम्प गएको  हो । 

भुकम्प मापन केन्द्रका कर्मचारी सारदा ढकालका अनुसार  गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको बिनासकारी भुकम्प पछि गएका पराकम्पन भन्दा यो अलि फरक रहेको छ । उनले भने यसरी पटक पटक स–सना पराकम्पन जानु भनेको महाभुकम्पको शक्ति क्षयीकरण हुनु भएकाले यसलाई राम्रो हिसावले हेर्नुपर्छ। यसै बर्षको सुरुवात देखि बझाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर तीन पटक भुकम्प गएको भुकम्प मापन केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ । नेपालमै भुकम्पको उच्च जोखिममा रहेको यस जिल्लामा गत बर्ष पनि पटक पटक गरि २७ पटक भुकम्पको केन्द्र बिन्दु बनाएको र पराकम्पन महसुस भएको थियो । गएको जेठ महिनाको ३१ गते पनि ४ मेग्नीच्युडको भुकम्प गएको थियो।

भुकम्पले पुर्याएको क्षतिको बिबरण आउन बाँकी रहेकोे प्रहरी नायब उपरिक्षक गणेश बमकाले बताए। यता खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क रोकायाले सबै वडाहरुमा खबर गरि सकेको तथा क्षतीको बिबरण आउन बाँकीरहेको बताए I उनले भने, ' जहाँसम्म लाग्छ कुनैपनि क्षती भएको छैन।' छिमेकी जिल्लाहरुमा समेत भुकम्पको धक्काको महसुस गरिएको छ । भारतीय सीमा क्षेत्रमा समेत भुकम्प महशुस भएको खवर छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ