arrow

वर्षकै सबैभन्दा ठूलो भूकम्पको झड्का    

अहिलेसम्म कति गए नेपालमा यो वर्ष ४ रेक्टर स्केलभन्दा माथिका भूकम्पका धक्का 

logo
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
earthquake2.jpg

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार बेलुकी भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ः१५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो ।     
     
 भूकम्प मापन केन्द्र सुर्खेतकी कर्मचारी श्रद्धा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिइन् । 

भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको छैन ।    

यो वर्षकै ठूलो, अहिलेसम्म कति गए नेपालमा यो वर्ष ४ रेक्टर स्केलभन्दा माथिका भूकम्पका धक्का 

यो भूकम्पको झड्का यो वर्षकै सबैभन्दा ठूलो झड्का हो । यसअघि बैशाख ११ गते धादिङ केन्द्रबिन्दू भएर ५.२ रेक्टर स्केलको भूकम्पको परकम्प आएको थियो । 

बझाङको यो भूकम्पलाई भने परकम्प नभई नयाँ भूकम्प भनिएको छ ।  

बझाङमै गत कार्तिक १५ गते ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यस्तै कार्तिक ११ गते मुगुमा केन्द्रबिन्दू भएर ४.१ रेक्टर स्केलको तथा कार्तिक ५ गते उदयुपर केन्द्रबिन्दू भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो । 

त्यसअघि कार्तिक ४ गते ताप्लेजुङ केन्द्रबिन्दू भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो । 

असोजमा ४ रेक्टर स्केलदेखि ४.७ रेक्टर स्केलका ६ वटा धक्का महसुस गरिएका थिए । यी सबै २०७२ को गोरखा भूकम्पका परकम्प थिए । 

गत भदौमा ४ वटा, साउनमा ३ वटा, असारमा २ वटा, जेठमा ७ वटा र बैशाखमा ७ वटा भूकम्पका परकम्प आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ