यी हुन् कांग्रेसको नजरमा २१ महिनामा ओली सरकारले गरेका २१ गल्ती
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
733
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन केही पदको मात्र भए पनि समग्रमा सरकार, प्रतिपक्ष र अन्य दलसँगै मतदाताका लागि पनि परीक्षा र अवसरको घडी भएको जनाएको छ ।
यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने क्रममा काँग्रेसले उपनिर्वाचन मतदाताका लागि सही सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा रहेको र उपनिर्वाचनलाई जनमत सर्वेक्षणका रुपमा लिन सकिने उल्लेख गरेको हो । मङ्सिर १४ गते एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडा अध्यक्ष गरी कूल ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।
उपनिर्वाचनका लागि ‘नेपाली काँग्रेसको आह्वान’ सार्वजनिक गर्दै आज पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामपश्चात कुन दल कति स्थानमा विजयी भयो, कसको कति मत बढ्यो या घट्यो भन्ने गणितीय तथ्यमा मात्रै नभई सारमा यसले प्रवाह गर्ने सन्देशले अर्थ राख्ने बताए । “उपनिर्वाचनको परिणाम आउँदा प्रतिपक्षी दललाई मात्रै होइन सत्तारुढ दललाई पनि लाभ पुग्छ किनकी त्यसले सरकारलाई सच्चिनै पर्ने सन्देश मिल्छ र सच्चिन दबाब सृजना गर्दछ । त्यसैले मङ्सिर १४ गते मतदानमा सामेल भएर आफ्नो मत प्रकट गर्न हामी मतदाताहरुमा अपिल गर्दछौँ ।”
मतदाताले गहिरो विश्लेषण गरेर मत प्रकट गर्न सक्दा उपनिर्वाचन मार्फत सार्थक सन्देश प्रवाह हुने र सन्देशलाई आत्मसात् गरेर परिस्कृत ढङ्गले अघि बढ्न सबैका लागि अवसर हुने उनको भनाइ थियो । प्रवक्ता शर्माले भने, “प्रतिपक्षका रुपमा हाम्रो २१ महिना विसं २०७४ मा सम्पन्न निर्वाचनमा नेपाली जनताले दिएको म्याण्डेटलाई शिरोधार्य गरेर काँग्रेस प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ । शान्ति स्थापना, नयाँ संविधान घोषणा र निर्वाचन मार्फत तीन तहको सरकारको अस्तित्व निर्माण गरेर ऐतिहासिक दायित्व पूरा गरेको काँग्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता र समृद्धिको यात्रालाई गति दिन जिम्मेवार प्रतिपक्षका रुपमा रचनात्मक भूमिका निर्वाह गर्नु आफ्नो परम कर्तव्य ठान्यो र त्यही कर्तव्य उपनिर्वाचन अघिको २१ महिनामा निर्वाह गरिरहेको छ ।”
इतिहासकै सबैभन्दा सहज र अनुकूल राजनीतिक वातावरण प्राप्त गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले यो २१ महिनामा त्यो वातावरणको सही उपयोग गरेर तीव्र गतिमा अघि बढ्ने शासकीय योग्यता प्रस्तुत गर्न सक्यो कि सकेन उपनिर्वाचनमा त्यसको समीक्षा गर्न मतदातासँगै सम्पूर्ण नेपालीमा प्रवक्ता शर्माले आग्रह गरे ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारका २१ महिनामा भएका २१ गल्तीसमेत देखाइदिएका छन् । ती यसप्रकार छन् –