arrow

हायातको डिजाइनमा प्रहरीको भगौडा न्यौपानेलाई बनाए योगेशले तारागाउँको अध्यक्ष 

१ सय ५० रोपनी जग्गा सरकारका नाममा आउनेमा आशंका 

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
yogesh-neupane.jpg

काठमाडौं । हयात होटलको डिजाइनमा तारागाउँ विकास समितिको अध्यक्ष नियुक्ति गरिएपछि संसदको अन्तर्राष्ट्रिय समितिले सरकारका नाममा ल्याउन निर्देशन दिएको १ सय ५० रोपनी जग्गा प्रकरण ढिसमिस हुने देखिएको छ । मन्त्रिमण्डल पुनर्गठन हुने चर्चासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारागाउँ विकास समितिको अध्यक्षमा प्रल्हाद न्यौपानेलाई नियुक्त गरेको छ । न्यौपाने नेपाल प्रहरीका भगौडा असई हुन् । उनी द्वन्दकालमा प्रहरीको असईबाट जागिर छाडेका हुन् । प्रहरीबाट जागिर छाडेका उनी २०६४ मा एमाले नेता वामदेव गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि उनको निकट हुन पुगे । र, प्रहरीका सरुवा बढुवाका बिचौलिया बन्न पुगे । वामदेव दोस्रोपटक २०७० मा गृहमन्त्री हुँदा पनि उनी गृहमन्त्रालयका सरुवा बढुवादेखि नियुक्तिमा हावी भए । 

बिचौलियाको रुपमा चर्चित न्यौपानेलाई पर्यटन मन्त्री योगेश भट्टराईले मंगलबार हतार हतार तारागाउँको अध्यक्ष बनाएका हुन् । हयात रिजेन्सी होटलले तारागाउँ विकास समितिको १ सय ५० रोपनी जग्गा गैरकानुनी रुपमा दर्ता गरेको बिषयमा संसदको अन्तर्राष्ट्रिय समितिले छानबिन गरी सरकारका नाममा ल्याउन निर्देशन दिएको छ । हयातका संचालक दिनेशलाल श्रेष्ठ र सुरेशलाल श्रेष्ठ र भारतीय लगानीकर्ता अरुण सर्राफले उक्त जग्गा सरकारका नाममा ल्याउन आलटाल गर्दैआएका छन् । हयातले तारागाउँमा आफूअनुकूलको अध्यक्ष ल्याउन पर्यटन मन्त्री योगेश भट्टराईलाई ठूलो आर्थिक प्रलोभन दिदै आएको थियो । जुन कुरा न्यौपाने जस्ता बिचौलियाको नियुक्तिले पुष्टी गरेको छ । न्यौपाने हरि पराजुली कृषि मन्त्री हुँदा उनका पनि बिचौलिया थिए । 

हयातका सेक्युरिटी चिफ पूर्वएसपी गोविन्दराम परियार र नेकपा झापाका नेता जितबहादुर दर्जी गौतमको डिजाइन अनुसार न्यौपानेलाई तारागाउँको अध्यक्ष बनाइएको छ । मंगलबार नियुक्तिका लागि टिप्पणी उठाउने सहसचिव नहुँदा नहुँदै उपसचिवलाई लगाएर टिप्पणी उठाई हतार हतार नियुक्ति गरिएको छ । न्यौपानेले मंगलवार नै पद वहाली समेत गरिसकेका छन्। न्यौपानेको नियुक्तिपछि अब हयात होटलले गैरकानुनी रुपमा कब्जा गरेको १ सय ५० रोपनी जग्गा सरकारका नाममा ल्याउन कठिन हुनेछ । यसअघिका तारागाउँका अध्यक्ष नारद लुईटेलले हयातले १ सय ५० रोपनी जग्गा गैरकानुनी रुपमा लिएको खुलासा गरेपछि संसदको अन्तर्राष्ट्रिय समितिले छानबिन गरेको थियो । न्यौपानेलाई नियुक्ति गराउन करोडौं रुपैयाँ पर्यटन मन्त्री भट्टराईदेखि नेकपा नेतालाई खुवाइएको चर्चा पर्यटन क्षेत्रमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ