arrow

तयारी नपुगेको भन्दै ढिला गरी बस्यो नेकपा सचिवालय बैठक

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
ncp-sachibalaya2.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपाको सचिवालय बैठक भर्खरै प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

बुधबार बिहानका लागि बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै ढिला गरी बैठक शुरु भएको हो । बैठकमा पार्टी एकताका बाँकी विषय टुङ्ग्याउने र मन्त्रिमण्डल फेरबदलका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल मुलुक बाहिर रहेकाले बैठकमा सहभागी भएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ