arrow

'आँगनमा कांग्रेसी देख्दा जनतामा राहत'

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
khemrajj.jpg

पोखरा । नेपाली कांग्रेसका नेता तारानाथ रानाभाटले अधिनायकवादी शक्ति हावी हुँदा मुलुक र लोकतन्त्र खतरामा परेको बताएका छन् । उनले लोकतन्त्र र संविधानको  संरक्षणका लागि भए पनि कांग्रेसले चुनाव जित्नुको विकल्प नभएको स्पष्ट पारे ।

कास्की क्षेत्र नं २ को पोखरा–८ को घरदैलोका क्रममा नेता रानाभाटले यो सरकार बनेपछि जनता त्रासमै बाँच्न बाध्य भएको भन्दै जनतामा शान्ति ल्याउन पनि यो उपनिर्वाचन कांग्रेसले जित्नै पर्ने तर्क गरे । ‘यो सरकारको नीति र व्यवहारका कारण जनता निराश छन् । व्यापारी हतोत्साही भएका छन् । देशको अर्थतन्त्र चौपट भएको छ । यस्तो अवस्थामा देश कति दिन चल्न सक्छन् ?’, प्रश्न गर्दै उनले भने ।

पोखरा–८ का चुनावी कमाण्डर समेत रहेको नेता रानाभाटले नेपालको सीमा मिचिएर जनता सडकमा आउँदा समेत कानमा तेल हालेर बस्ने केपी ओलीलाई पदमा बस्ने नैतिक अधिकार नभएको बताए । उनले कांग्रेसको पक्षमा जनमत बढ्न सक्ने दावी पनि गरे ।

‘जनताको घर आँगनमा कांग्रेसीहरू आउदा जनताले राहत महसूस गरेका छन् । कांग्रेस पार्टीप्रति जनताको विश्वास पनि बढेको भन्दै नेता रानाभाटले विगतका कमिकमजोरी सच्याएर कांग्रेस अघि बढ्न तयार छ’, उनले भने ।

चुनावी कमाण्डर रानाभाटले पोखरा–८ मा घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रम सकिएको र अब चुनावीसभाको तयारीमा रहेको जानकारी दिए । वडा इकाइ सभापति सु्वास सिग्देलका अनुसार पार्टीका सबै संगठनलाई चुनावमा खटाइएको छ । नेविसंघ, महिला संघ, तरुण दल, जनजाति संघक लगायतका संगठनका नेता कार्यकर्ता चुनावमा खटिएको र सबै मतदातासंग भेटघाट गरिसकेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ