arrow

उपसभामुख मन्त्री बन्दै, तत्काल राजीनामा नदिने

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
Dr._Shiva_Maya_Tumbahamphe_.jpg

काठमाडौं। सरकारले प्रतिनीधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तयारी थालेको छ। मन्त्रीपरिषद हेरफेरको तयारीमा रहेको सरकारले उपसभामुखलाई मन्त्री बन्ने प्रस्ताव राखेको छ।

मन्त्री बन्ने प्रस्ताव आए पनि तत्काल उपसभामुखले राजीनामा नदिने संसद श्रोतले बताएको छ। सभामुख नभएको अवस्थामा उपसभामुखले पनि राजिनामा दिंदा संंसदमा कानुनी अफठ्यारो पर्ने भन्दै तत्काल राजिनामा नदिने जनाईएको छ।

प्रधानमन्त्री केपी ओलीले उपसभामुखलाई मन्त्री पदको प्रस्ताव आफै राखेको श्रोतले बताएको छ। प्रतिनीधि सभाका सभामुख कृष्ण बहादुर महरा बलात्कारको आरोप पछि जेलमा रहेका छन् र सभामुख पद रिक्त रहेको छ।

संविधान अनुसार एक पार्टीले सभामुख वा उपसभामुख मात्र पाउने ब्यवस्था रहेकाले नेकपाले सभामुख पद आफैसँग राख्न उपसभामुखलाई राजिनामा दिन भनेको हो। उपसभामुखले राजीनामा दिएपछि उनलाई मन्त्री बनाईने तयारीमा प्रधानमन्त्री रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ