arrow

प्रधानमन्त्रीमा ओली, पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
oli-prachanda6.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री र कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हुने निर्णय गरेको छ ।    

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बुधबार बिहानका लागि बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै ढिलो बसेको थियो । दुई अध्यक्ष भने बिहान राष्ट्रपति विद्यादेवि भण्डारी सामु पुगेर निर्णयका बिषयमा जानकारी गराएका थिए  ।

“अध्यक्ष ओली प्रधानमन्त्रीका हैसियतमा सरकारको काममा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड कार्यकारी भूमिकासहित पार्टी सञ्चालनमा केन्द्रित हुने निर्णय भएको छ”, पार्टी सचिवालय बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । बैठकले वर्तमान प्रतिनिधिसभाको पूरा कार्यकालसम्म सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापा, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए  ।  वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल मुलुक बाहिर रहेकाले बैठकमा सहभागी थिएनन् ।

योसँगै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल फेरबदल गर्ने भएका छन् । करिब पाँचजना मन्त्री परिवर्तन हुने देखिएको छ। फेरबदल गर्ने मन्त्रीको नाम भने सार्वजनिक भइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ