arrow

स्याङ्जालीहरूको मत खेमराज सरलाई

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
khemraj-poudel-nc-kaski.jpg

पोखरा । स्याङ्जा घर भई हाल पोखराका विभिन्न स्थानमा वसोवास गर्दै आएका स्याङ्जालीहरूले यो पटक कांग्रेस उम्मेदवार खेमराज पौडेललाई भारी मतले जिताउने बताएका छन् । नेपाली कांग्रेस, स्याङ्जा–पोखरा सम्पर्क समितिले बुधवार पोखरामा आयोजना गरेको चुनावी भेलामा यस्तो प्रतिवद्धता जनाइएको हो ।

उनीहरूले नेपाली कांग्रेसले खेमराज पौडेल जत्तिको निष्ठावान राजनीतिकर्मीलाई उम्मेदवार बनाएकाले यो पटक सबै स्याङ्जालीहरूको भोट एकै ठाउँमा केन्द्रीत हुने बताए ।  सो अवसरमा उम्मेदवार खेमराज पौडेलले अहिलेको निर्वाचन हार्नु जित्नुसँग नभइ देशकै प्रतिष्ठा र इमान जमानसँग जोडिएको बताए । उनले यो निर्वाचनले देशमा मौलाएको वेथितिको अन्त्य गर्ने दावी गरे ।

‘म नजिकै कास्कीको पुम्दीको तपाइँहरू छिमेकी जिल्ला स्याङ्जावाट कास्कीको पोखरा आउनुभएको यो नै तपाइँ हाम्रो सम्वन्ध हो । मुलुकमा अधिनायकवादले प्रजातन्त्र मास्न खोजेको आभाष भैरहेको छ । तपाइँहरू सचेत हुनुहुन्छ यो नै मेरालागि र राष्टको लागि काफी छ म त केवल प्रतिनिधी पात्र मात्र हुँ’, उम्मेदवार खेमराजले स्याङ्जालीलाई संवोधन गर्दै भने ।

उक्त अवसरमा कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले देशमा बढिरहेको अधिनायक चरित्रको अन्त्य गर्नुपर्ने बताए । उनले देशमा अहिले २ तिहाईको वलमा लुट्ने काम भएको वताउँदै कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा खेमराज पौडेललाई जिताउनु पर्ने बताए ।

कांग्रेस नेता धनराज गुरुङले संविधान र लोकतन्त्रको रक्षाका लागि भए पनि यो चुनाव कांग्रेसले जित्नुपर्नेमा जोड दिए । उनले कम्युनिष्ट सरकारले लोकतन्त्र मासेर अधिनायकवाद लाद्न खोजेको आरोप लगाए ।

नेपाली कांग्रेस, स्याङ्जा–पोखरा सम्पर्क समाजका संयोजक पवन नेपालको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना, पूर्व सांसद राजु थापा, नेतृ सरिता तिवारी, महासमिति सदस्य देवराज चालिसे, सचिव धु्रवबन्धु पोखरेल लगायतले वोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ