arrow

करोडौँ रकम कुम्ल्याएर क्रिश्चियन धर्मको प्रचार प्रसार : सीपी मैनाली

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
cp-mainali-1.jpg.jpeg

तुलसीपुर । नेकपा मालेका महासचिव सीपी मैनालीले  करोडौँ रकम कुम्ल्याएर सरकारले क्रिश्चियन धर्मको प्रचार प्रसार गरेको आरोप लगाएका छन् ।

दाङ क्षेत्र नम्वर ३ ख मा हुन लागेको प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा मालेलाई बिजयी गराउनका लागि प्रचार प्रसारका क्रममा दाङ पुगेका मैनालीले सरकार क्रिश्चियन धर्मको प्रचार प्रसार र प्रबद्र्धनमा लागेको आरोप लगाए ।

नेपालमा भएको क्रिश्चियन सम्मेलनलाई सफल पार्न सरकार आफै खट्यो, नेताहरुले करोडौँ रकम कुमल्याए त्यसले पनी नेपालमा क्रिश्चीनिटिको प्रभाव पार्न खोजेको पुष्टी हुन्छ मैनालीको भनाई रहेको थियो । उनले आफु र आफनो पार्टी धर्म निरपक्षताको बिरोधमा रहेको पनि बताए।

नेकपा माले धर्मनिरपक्षताको बिरोधमा छ,त्यसको मतलव हिन्दु राष्ट हुनुपर्छ भन्ने पक्षमा छैन भने । उनले नेकपा माले समानता र समावेशीकरणको पक्षमा रहेको बताएका छन् ।  उनले भने, नेकपा माले समानता र समावेशीकरणको पक्षमा छ, ।
 
उनले  सबैपार्टी देशमुखी हुनुपर्ने पनि बताए । नेकपा  माले देश बनाउने पक्षमा भएको भन्दै उनले अहिले देशमा सामाजिक पुजीको विकास गर्न आवश्यक रहेको र मुलकमा अर्थतन्त्रको बिकास गर्ने लक्ष्य र उदेश्य आफनो पार्टीसंग रेहेको दावी गरे ।
 
दलाल माफिया पुजिवादको अन्त्यका लागी देशमा राष्टिय पूँजी राष्टिय उद्योग बढाउनुपर्ने उनले बताए । उनले देशका साना व्यवसायीलाई प्रबद्र्धन गर्न जरुरी रहेको धारणा राखे।

मैनालीले महिला पुरुष समान अधिकार हुनुपर्ने माग पनि गरे। उनले भने, आफनो पार्टी कडा नागरिकता नितिको पक्षमा रेहको भन्दै, गैर नेपालीलाई नागरिकता दिनुहुदैन भन्ने पक्षमा रहेको जिकिर गरे ।

दाङ क्षेत्र नम्वर ३ ख मा हुन लागेको प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा मालेलाई बिजयी गराउनका लागी प्रचार प्रसारका क्रममा दाङ आएका मैनालीले दलहरुका एजेण्डा हेरेर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ