arrow

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन, को को बाहिरिए र भित्रिए?

उपेन्द्र यादवलाई मन्त्री पद निल्नु न ओकल्नु

logo
प्रकाशित २०७६ मंसिर ४ बुधबार
singhadarwar.jpg.jpeg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नयाँ मन्त्रीहरूलाई विहिवार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ गराउनेछन्। प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका हुन्।

ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई हटाएर वसन्त नेम्वाङ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितलाई हटाएर हृदयश त्रिपाठी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापालाई हटाएर पार्वत गुरुङ, कृषिमन्त्री चक्रपाणि खनाललाई हटाएर घनश्याम भुषाल र उद्योगमन्त्री मातृका यादवलाई मन्त्रीबाट हटाएर लेखराज भट्टलाई नियुक्त गरेका छन्। महासेठ आर्थिक अनियमिततामा विवादमा तानlएका थिए भने पण्डित पनि काम भन्दा बढी ढोंग गर्ने पाइएपछि विवादमा तानिएका थिए। थापा, खनाल र यादवलाई सन्तोषजनक काम गर्न नसकेको आरोप छ। 

स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानून मन्त्री बनाइएको छ। कानूनमन्त्री भानुभक्त ढकाल स्वास्थ्यमन्त्री बनाइएको छ। संघीय समाजवादीलाई यो फेरवदल निल्नु न ओकल्नु भएको छ। जनसम्पर्क र बढी वजेट भएको मन्त्रालयबाट यादवलाई विल्कुल कानुन बनाउने तथा जनसम्पर्क कम हुने मन्त्रालयमा पठाइएको छ। केहि दिन अघी सरकारमा बस्ने र  नबस्ने बारेमा संघीय अध्यक्षसँग फरक मत राख्दै केन्द्रीय समितिबाट सरकारमा बस्ने निर्णय गराएका यादवलाई मन्त्रीमण्डल पूनर्गठनले दह्रो झड्का दिएको छ। अर्कोतिर विगतमा सूर्य चिन्हबाटै चुनाव लिएर पनि पछिल्ला दिनमा नेकपासँग रुष्ट रहँदै आएका हृदयेशलाई मन्त्री बनाएर प्रधानमन्त्री ओलीले मधेशी समुदायको एउटा कित्तालाई थुमथुम्याएका छन्।

वैदेशिक रोजगारको विषयमा विवादमा तानिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई हटाएर प्रधानमन्त्री ओलीले रामेश्वर रायलाई मन्त्री नियुक्त गरेका छन्। त्यसैगरी, उद्यमी मोती दुगडलाई उद्योग, वाणिज्य तथा आपुर्ती राज्यमन्त्री, रामबीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ। नयाँ मन्त्रिमण्डलमा काठमाडौं उपत्यकाबाट काठमाडौं ७का मानन्धरलाई शहरी विकास राज्यमन्त्री बनाइएको छ। 

लैङगिक हिसावले भने मन्त्रिमण्डल समावेशी देखिएको छैन। २५ जनाको मन्त्रीमण्डलमा २ जना मात्र महिला समेटिएका छन्। ३ जना मन्त्रीहरुमा एकलाई हटाएर दुईमा समेटिएको छ। थममाया थापा हट्दा प्रचण्डकी वुहारी बीना मगर र भुमिसुधार मन्त्री पद्माकुमारी अर्याल दोहोरिएकी छिन्। 

राष्ट्रपति कार्यालयले राति नौ वजे ३९ मिनेटमा मन्त्रिपरिषद् पुनर्गठन र मन्त्रीहरूको जिम्मेवारी हेरफेरको सूचना सार्वजनिक गरेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजूदा मन्त्रिपरिषदमा देहाय बमोजिमको नियुक्ति, हेरफेर र कार्य विभाजन गरी देहायबमोजिम मन्त्रिपरिषद गठन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

क्रसं      नाम, थर    पदनाम    कार्यविभाजन
१    श्री केपी शर्मा ओली    प्रधानमन्त्री     
२    श्री ईश्वर पोखरेल    उपप्रधानमन्त्री    रक्षा
३    श्री उपेन्द्र यादव    उपप्रधानमन्त्री    कानुन, न्याय तथा संसदीय मामिला
४    श्री रामबहादुर थापा    मन्त्री    गृह
५    श्री प्रदीपकुमार ज्ञवाली    मन्त्री    परराष्‍ट्र
६    श्री हृदयेश त्रिपाठी    मन्त्री    सङ्घीय मामिला तथा सामान्य प्रशासन
७    श्री गिरिराजमणि पोखरेल    मन्त्री    शिक्षा, विज्ञान तथा प्रविधि
८    श्री बर्षमान पुन    मन्त्री    ऊर्जा, जलस्रोत तथा सिँचाइ
९    श्री घनश्याम भुसाल    मन्त्री    कृषि तथा पशुपन्छी विकास
१०    श्री भानुभक्त ढकाल    मन्त्री    स्वास्थ्य तथा जनसङ्‌ख्या
११    श्री लेखराज भट्ट    मन्त्री    उद्योग, वाणिज्य तथा आपूर्ति
१२    श्री योगेशकुमार भट्टराई    मन्त्री    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१३    श्री शक्तिबहादुर वस्नेत    मन्त्री    वन तथा वातावरण
१४    श्री रामेश्वर राय यादव    मन्त्री    श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५    डा युवराज खतिवडा    मन्त्री    अर्थ
१६    श्री मोहम्मद इश्तियाक राई    मन्त्री    सहरी विकास
१७    श्री जगतबहादुर सुनार विश्वकर्मा    मन्त्री    युवा तथा खेलकुद
१८    श्री गोकुलप्रसाद वाँस्कोटा    मन्त्री    सञ्‍चार तथा सूचना प्रविधि
१९    श्री पद्माकुमारी अर्याल    मन्त्री    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
२०    श्री बीना मगर    मन्त्री    खानेपानी
२१    श्री वसन्तकुमार नेम्बाङ्ग    मन्त्री    भौतिक पूर्वाधार तथा यातायात
२२    श्री पार्वत गुरुङ    मन्त्री    महिला, बालबालिका तथा ज्येष्‍ठ नागरिक
२३    श्री मोतीलाल दुगड    राज्यमन्त्री    उद्योग, वाणिज्य तथा आपूर्ति
२४    श्री नवराज रावत    राज्यमन्त्री    स्वास्थ्य तथा जनसङ्‌ख्या
२५    श्री रामबिर मानन्धर    राज्यमन्त्री    सहरी विकास

केशव प्रसाद घिमिरे

सहायक प्रवक्ता



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ