arrow

विश्लेषक भन्छन् - ‘यसरी भत्कँदैछ कास्कीमा कम्युनिष्ट किल्ला’

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
khem-bidhiya.jpg

पोखरा ।  कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि मंसिर १४ मा हुन लागेको उपनिर्वाचन यतिखेर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको विषय बनेको छ ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने यहाँको उपनिर्वाचनमा यी दुवै पार्टीलाई जसरी पनि जित्नुपर्ने वाध्यातात्मक अवस्था रहेकाले यो निर्वाचन राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको विषय बनेको हो। त्यसो त दुवै पार्टीको केन्द्रीय शक्ति नै चुनावमा परिचालित भएको छ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनमा ६ दशक लामो संघर्ष गरेका परिपक्व र खारिएका नेता हुन् । खेमराज शिक्षण पेशा र राजनीतिक यात्रालाई निरन्तरता दिंदै सुकुम्बासी आयोगको अध्यक्ष भएका थिए । आयोगमा छदाँ उनले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न सफल भएका थिए । त्यसकै कारण पौडेल सुकुम्बासी समूदायको मनमस्तिष्कमा बस्न सफल भएका छन् । आँफूहरू निर्वाचनको मिति पर्खेर बसेको बताउने त्यहाँका स्थानीयवासी यस पटकको चुनावमा पौडेललाई भोट दिएर गुन तिर्न आतुर रहेको बताउँछन् ।  

नेकपाले विद्या भट्टराईलाई स्व. रवीन्द्रको उत्तराधिकारीका रुपमा मात्र अघि सार्दै सहानुभूतिको भोटबाट आफ्नो साख जोगाउने रणनीति बनाएको देखिन्छ भने उनले आकस्मिक रुपमा ल्याएको उम्मेदवारीले पार्टी भित्रै एक किसिमको असन्तुष्टि तथा निराशा छाएको छ । निराशा र असन्तुष्टिलाई सकेसम्म पार्टी भित्रै दबाएरै राख्ने रणनीतिमा नेकपा छ ।

यता कांग्रेसले वीपी, गणेशमान, किसनुजीसँग निकट भई सादगी सदाचारी नेता खेमराजलाई अघि सार्दै जनताको विश्वास जित्ने दाउमा छ । कांग्रेसको नेकपाको अलोकप्रियता, महङ्गी, भ्रष्टाचार र अस्वभाविक कर वृद्धि जस्ता विषय जनतासामु पुर्‍याएर चुनावलाई आफ्नो पोल्टामा पार्ने रणनीति सफल बन्ने देखिन्छ ।

उता तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको पपुलर भोट जोगाउन नसकिने निष्कर्षमा नेकपा पुगेको छ । अधिकारी वाइडबडी खरिद प्रकरण, तारागाउँ रिजेन्सी होटलको शेयर लिलामी प्रकरण, काठमाडौं तराई जोड्ने द्रुतमार्गमा नेपाली सेनाको जग्गा खरिद घोटला प्रकरण, एनसेल प्रकरण जस्ता ठूला भ्रष्टाचार प्रकरणमा मुछिएको घटनाले एकाएक नेकपाको लोकप्रियता ह्वात्तै घट्दा उक्त क्षेत्रमा नेकपा कमजोर बनेको निष्कर्ष छ ।

पार्टीको केन्द्रीय शक्ति नै विद्याको पक्षमा लाग्दा स्थानीय नेताहरू देखिने गरी विरोधमा आउन पनि सकेका छैनन् । उता विद्याको चुनावी कमाण्डर पूर्व माओवादीतर्फका नेता हाल नेकपा कास्कीका इञ्चार्ज राजकाजी गुरुङ करणलाई बनाइएको छ । उनी पोखरा अन्तराष्ट्रिय विमानस्थलको भ्रष्टाचार लाग्दै आएको छ । पहिलो संविधान सभाबाट कास्की २ बाट निर्वाचित भएका थिए । उनले दोस्रो संविधान सभा निवार्चनमा गृह जिल्ला पर्वतबाट प्रत्याशी बनेका करणले पराजय भोगे । त्यसपछि ७४ को आम निर्वाचनमा पुनः कास्की २ को प्रदेश 'ख' बाट पराजित भएका थिए ।

पूर्व एमाले र पूर्व माओवादीको साझा उम्मेदवार बनेका करणलाई तिनताका पूर्व एमालेले नै चुनाव हराएको पूर्व माओवादीको विश्लेषण थियो । तर उनीमाथि लागेको विमानस्थल भ्रष्टाचार प्रकरण मुद्दा नै उनको चुनावी हारको कडी रहेको पूर्व एमालेतर्फका एक नेताले बताए । अहिले उनै करणलाई चुनावी कमाण्डर बनाउँदा विद्यामा घात नहोला भन्ने अवस्था पनि छैन ।

अर्कोतर्फ कास्की २ भित्र पोखरा र यसका आसपासमा गाउँसमेत गरी ११ वटा वडाहरू पर्दछन् । ती मध्ये अधिकाँश ग्रामीण भूभाग छन् । विद्याका लागि यी सबै नयाँ क्षेत्र हुन् । साँच्चै विद्यालाई न्याय वा सहानुभूतिका लागि राष्ट्रिय सभामा मनोनित गरी मन्त्री बनाउन सकिने अवस्था हुँदाहुँदै चुनावी मैदानमा पठाएकोमा पार्टीवृतमा निकै आलोचना भएको बताइन्छ । यद्यपि नेकपाले सहानुभूतिको मतबाट कास्की २ गुम्न नदिने रणनीति बनाएर विद्यालाई अघि सारिएको भए पनि नतिजा भने फरक निस्कने विश्लेषण गर्न थालिएको छ । विद्याको विकल्पमा नेकपाभित्र धेरै आकाँक्षी रहेकाले शक्ति सन्तुलन लागि विद्यालाई अघि सारिएको भए पनि सकारात्मक नतिजा आउनेमा शंका उब्जिएको नेकपाको उच्च स्रोतले बतायो ।   

विद्या रवीन्द्रको उत्तराधिकारी बनिरहँदा रवीन्द्रमाथि लागेका भ्रष्टाचारको उत्तराधिकार पनि बन्छु भनेर मतदातासामु जान प्रमुख प्रतिस्पर्धी पार्टीका नेताहरूले चुनौती दिएका छन् । विगतमा यस क्षेत्रमा कम्युनिष्टलाई मतदान गरेका ठाउँ ठाउँका मतदाता यतिखेर धर्म संस्कृतिको खिलापमा जानेलाई भोट दिन नसकिने बताउँछन् ।

जसका कारण कांग्रेसबाट प्रत्याशी उम्मेदवार खेमराज पौडेललाई सहज हुने राजनीतिक विश्लेषकको तर्क छ ।उनको उम्मेदवारीले कांग्रेसभित्रको गुट उपगुट र असन्तुष्टिलाई चिर्दै एकताको सन्देश दिएको छ ।

विगतमा उम्मेदवारी पछि चार तिर फर्कने नेता तथा कार्यकर्ता यतिखेर हातमा हात मिलाएर चुनाव जिताउन लागिपरेका छन् । नेकपाको स्वेच्छाचारीताको अन्त्यका लागि र पार्टी भित्रको आन्तरिक एकतालाई अझै मजवुत बनाउनका लागि खेमराजको पक्षमा उत्साहजनक जनमत निर्माण हुँदै गएको छ ।

कांग्रेसले नेकपाको स्वेच्छाचारी शैली, जनतामाथि थोपरिएको करको भारी, रवीन्द्र अधिकारी मुछिएका भ्रष्टाचार प्रकरणबारे जनतालाई बुझाउँदा विगतको नेकपाको विरासत गुग्ने निश्चितप्राय देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ