arrow

पोखरामा शुक्रबार कांग्रेसको विशाल र्‍याली, सभापतिसहित प्रमुख नेताहरु सहभागी हुदै

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
khemrajjj.jpg

पोखरा । नेपाली कांग्रेस कास्कीले शुक्रबार विशाल र्याली आयोजना गर्ने भएको छ । र्‍याली पोखराको चिप्लेढुंगास्थित पार्टी कार्यालयबाट शुरु भइ पृथ्वीचोकमा पुगेर समापन हुने कास्की कांग्रेसले जनाएको छ ।  

दिउँसो ४ बजे हुने र्‍यालीमा पार्टीका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा. सशांक कोइराला, पूर्णबहादुर खड्का लगायत केन्द्रीय सदस्य, कास्कीका नेताहरू समेत सहभागी हुने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

यसैगरी शुक्रबार पोखराको रत्नचोकर राष्ट्रबैंक चोकको बीचमा सडक डिभिजन कार्यालयको अगाडि चुनावीसभा हुँदैछ । सभालाई पार्टीका नेताहरू बालकृष्ण खाँड, गगन थापा, डा. मिनेन्द्र रिजाल, जीतजंग बस्नेत लगायतले संवोधन गर्ने कार्यक्रम छ ।

यस्तै कास्की क्षेत्र नं. २ का उम्मेदवार खेमराज पौडेलले जनताले बोकाइदिएको भारी सही ठाउँमा पुर्याएर बिसाउने बताएका छन् । बिहीबार पोखरा–१६ मा आयोजित सभामा उनले आफूले जनताकै लागि ६० वर्ष राजनीति गरेको भन्दै अबको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्ने स्पष्ट पारे ।

आफूलाई लोभ, लालसा र मोह केही नभएको उम्मेदवार पौडेलले देश र जनता सबैभन्दा माथि हुने बताए । उनले भने, ‘पार्टी एकठाउँमा हुन्छ, राजनीति पनि गरिन्छ । तर देश र जनता सबैभन्दा माथि हुन्छ ।’ उम्मेदवार पौडेलले कम्युनिष्ट सरकारबाट जनता त्रसित अवस्थामा रहेको बताए ।

उक्त अवसरमा नेता धनराज गुरुङले त्यागी, इमान्दर र निष्ठावान व्यक्तित्व खेमराज गुरुलाई जिताउँदा पोखरेलीको इज्जत नै माथि हुने बताए । उनले भने, ‘खेमराज गुरु सबैले सम्मान गर्न लायक व्यक्तित्व हुनुहुन्छ । उहाँ संस्कारी नेता पनि हो । धर्म संस्कारलाई उहाँले सधैं शिरमा राखेर हिंड्नु भएको छ । त्यसैले उहाँलाई विजय गराउनु पोखरेलीको कतव्र्य हो ।’ खेमराज जस्ता व्यक्तित्वलाई जिताएर देशैभर इमान्दार व्यक्ति राजनीतिमा आवश्यक पर्छ भन्ने सन्देश दिन पनि आवश्यक रहेको उनले बताए ।

गण्डकी प्रदेशसभा सदस्य एवं पार्टीका चुनावी कमाण्डर कुमार खड्काले कांग्रेसको जीत सुनिश्चित भएको बताए । उनले कम्युनिष्टको रवैयाका कारण जनता वाक्कदिक्क भएको जनतालाई त्यसबाट मुक्त गराउन कांग्रेसले चुनाव जित्न आवश्यक रहेको बताए । उनले पोखरा–१६ का सबै क्षेत्रमा घरदैलो सकिएको जानकारी दिए ।

‘हामीले विभिन्न चरणमा गरेर सबै मतदातालाई भेटिसकेका छौं । अब चुनावीसभाको तयारी गरिरहेका छौं’, उनले भने मतदातालाई पनि उम्मेदवारसंगै भेट गराइदिएका छौं ।’ उम्मेदवार पौडेलसहित कांग्रेसका नेताहरू मतदाताकोमा पुग्दा मतदाता निकै उत्साहित भएको उनले बताए । अर्मलाकोर्‍यालेमा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार पौडेललाई साथ दिन नेता शेखर कोइराला पनि पुगेका थिए ।

धर्म संस्कार छोड्न हुँदैन
उम्मेदवार खेमराज पौडेल, नेता धनराज गुरुङ लगायतले पोखरा–१६, जोगिमणीस्थित रनबहादुर गुरूङको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । रणबहादुर गुरुङको ९७ वर्षको उमेरमा केही दिन अघि निधन भएको थियो । स्व. रणबहादुरका छोराहरू योगबहादुर र रुन बहादुर गुरुङका साथै परिवारजनलाई भेटेर पौडेलले समवेदना प्रकट गरेका थिए । उक्त अवसरमा उम्मेदवार पौडेलले आफ्नो धर्म, संस्कार छोड्न नहुने बताए । अरूले ७ दिन मै काजकिरिया सके पनि धर्म संस्कार अनुसार नै गर्नुपर्नेमा उनको जोड थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ