arrow

'मदन र प्रचण्डले मानेका वीपीको पार्टी कांग्रेसमा हुदा गर्व गर्नुहोस्'

logo
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
bp-bishwaprakash.jpg

धरान । नेपाली कांग्रेसका  प्रवक्ता एबं प्रखर वक्ता विश्वप्रकाश शर्माले कांग्रेस हुनुमा गर्व गर्नुपर्ने बताएका छन । प्रवक्ता शर्माले भने '२०४९ सालमा मदन भण्डारीले बहुदलीय जनबादको दर्शन लेख्दै गर्दा अन्तर्वार्तामा मेरो मन पर्ने खाना मःम हो र मन पर्ने नेता वीपी कोइराला भन्नु भएको छ र प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुन भयो र उहाँले सु्न्दरी जलको जेलमा जानू भयो र वीपीले लगाएको कपडा , जुता सुम्सुमाउदै  वीपी कोइरला मेरो प्रेरणाका स्रोत हुन भन्नु भयो ।'

त्यस कारण वीपी सबै दर्शन आत्मसाथ गर्ने नेताहरुको प्रेरणाका स्रोत र वीपी कांग्रेसका जन्मदाता भएकाले कांग्रेस सबै जाति , भाषी, लिङ्ग , दर्शन मान्ने मानिसहरुको साझा थलो रहेको स्पष्ट पारे । उनले वीपी कोइरला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा पाँचथर बेदराज आङदेङबे लिम्बुको छोरालाई मन्त्री बनाउनु भयो , भोजपुरबाट दिवाङ्गसिंह राई राईको छोरा, सप्तरी सुर्यनाथ लालदास मदेशिको छोरा , महोत्तरी रामनारायण मिश्र मदेशीको छोरा, काठमाडौबाट गणेमान सिंह नेवारका छोरालाई मन्त्री , कास्कीबाट जबानसिह गुरुङ जनजातिको छोरोलाई मन्त्री बनाउनु भयो ,मुस्ताङ योगेशमान सेरचन थकालीको छोरोलाई , दाङबाट पशुराम चौधरी थारुको छोरालाइ मन्त्री , ढडेडेलधुरा कि द्बारिकादेबी ढकुरानीलाई दक्षिण एसियाकै पहिलो  महिला मन्त्री बनाएर कम्युनिष्टले भनेका समाबेसीको कुरा वीपीले १५ सालमै लागू गरेकाले समाबेशी सामुपातिक प्रणालीको एजेन्डा र लागूगर्ने पाटी कांगे्रस एउटा दल मात्र नभइ सबैको साझा सामाजिक संस्था समेत रहेको दाबि गरे ।

धरान–१७ को रेल्वेचौकमा चुनावी कोण सभालाइ सम्बोधन गर्दै स्पष्ट र सरल बक्ताको रुपमा छवि बनाएका शर्माले इतिहासलाई हेर्दा कांग्रेस बिकास गर्न र जनतालाई समृद्धिको दिशामा लैजान नेपालीका छोरा वीपी कोइरलाले गणेशमान सिंह, सुबर्ण समशेर, कृष्णप्रसाद भट्टराई जस्ता नेतालाई बिश्बासमा लिएर जनताको पक्षमा अगाडि बढेको बताए ।

उनले कांग्रेसले आन्दोला, हत्या हिंसा, द्वन्दलाई बिश्बास नगरी शान्ति पुर्ण रुपमा जनताको साथमा रहेर राणा शासन , बहदलिय ब्याबस्थालाई अन्त्य गरेर प्रजातान्त्र र लोकतन्त्र ल्याएको हो । जंगलमा बन्दुक बोकेर भड्किरहेको माओबादीलाई शान्ति प्रकृयामा ल्याउने गिरिजा प्रसाद कोइरालाका नेता रहेको पार्टी हो कांग्रेस भन्दै कांगे्रसी हुनमा गर्व आग्रह गरे ।

कांग्रेसकै पालमा देशमा आर्थिक क्रान्ति, सामाजिक क्रान्ति , भौतिक बिकास , मानिबिय बिकास , भौतिक बिकास भएकाले अब धराने जनताले मंसिर १४ गते हुने मेयर पदको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईले भोट दिएर जिताउन आव्हान समेत गरे ।

कांग्रेसले आफुले गरेका कामलाइ प्रचार गर्न नसक्दा धरानमा कांग्रेस पराजित हुँदै आएको बताउदै बिश्ब प्रकासले अब धराने जनताले मन परिवर्तन गरेर कांग्रेसका नेतालाइ बिजय गराउनु पर्ने बताए । तिलक १४ गते सम्म कांग्रेसका मेयरका उम्मेदवार मात्र रहेको त्यसपछि निर्वाचनको मत परिणाम आए पछि धराने जनताको प्रतिनिधि हुने छन , धरानमा कांग्रेसले जित्नु भनेको कम्युनिष्ट सरकारलाई सच्चिन मार्गदर्शन समेत हुने बताए ।

त्यस्तै कोण सभामा बोल्दै मेयरका प्रत्यासी तिलक राईले कम्युनिस्ट सरकारले नगरपालीकामा गरेको बेतिथिलाई सार्बजनिक र अन्त्य गराउन परिवर्तनको पक्षमा भोट हाल्न आग्रह समेत गरे । उनले नगरमा भएका बेतिथिको अन्त्य र सुशासनमा काम गरेर जनताको आवश्यता पूरा गर्ने बाचा समेत गरे ।

 त्यस्तै सुकुम्बासीका नेता सुबाश राईले धरानमा कम्युनिष्ट सरकारले ३ हजारको संख्यामा रहेका सुकुमबासी परिबारलाई २८ वर्षमा २२ हजार २ सय १३ परिबार बनाएर आफुलाइ सुकुम्बासीको पार्टी हो भनेर प्रष्ट पारेको बताए । आफुलाई  सुकुम्बासी , महिला, दलित, जनजातिको पार्टी भनेर घमण्ड गरे पनि बास्तवमा त्यो नाटक मात्र भएको तर यथार्थ  नभएको बताए । सोही सभाको अवशरमा वडा नं १७ का विभिन्न टोलका करिब १ सय भन्दा बढि कार्यकताहरु कांग्रेसमा प्रेबेश गरेका थिए । कोण सभाका संयोजक अजय राईले कार्यक्रम सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ