arrow

दिल्लीबाट उपेन्द्र यादव काठमाडौं आउँदै, सरकारमा रहने–नरहनेबारे निर्णय 

एजेन्डा संविधान संशोधनको, त्यही मन्त्रालय पाउँदा अपमान पो ?  

logo
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ गरेको मन्त्रिमण्डल पुनर्गठनमा अपमानति महशुस गरेका समाजवादी पार्टी नेपालका नेताहरु सरकारबाट बाहिरिने  वा नबाहिरिने भन्ने दोमनको अवस्थामा रहेका छन् । 
 
काठमाडौंमा रहेका समाजवादी पार्टीका केही शीर्ष नेताहरुले बिहीबार बिहान अनौपचारिक भेटघाट गरेका थिए । उक्त भेटघाटमा सरकारबाट बाहिरिने विषयमा छलफल भएको एक नेताले बताए । 

ती नेताले भने, ‘यस्तो अपमान सहेर बस्नु हुँदैन । अब सरकार छाड्नु पर्छ भन्न धारणा करिव करिब बनाएका छौं । तर अन्तिम निर्णय भने पार्टी अध्यक्ष ज्यू (उपेन्द्र यादव) आए पछि मात्र हुने छ ।’

प्रधानमन्त्रीले पार्टी अध्यक्ष लगायत पार्टीलाई जानकारी नै नगराई मन्त्रिमण्डल पुनर्गठन गरेकोमा उनीहरुको असन्तुष्टि रहेको छ । 

प्रधानमन्त्रीले उपप्रधानमन्त्री यादवसँग सल्लाह नगरी समाजवादी पार्टीबाट सरकारमा गएका राज्य मन्त्री सुरन्द्र यादवलाई बखास्र्ती गरेका छन् भने यादवले सम्हालेको मन्त्रालय पनि फेरेका छन् ।  

४ दिन अघि यादव भारतको दिल्ली गएका थिए । शुक्रबार उनी काठमाडौं फर्कने कार्यक्रम छ । अब सरकारमा बस्ने कि बाहिरिने भन्ने विषयमा गम्भिर छलफल हुने पार्टीका महासचिव रामसाह यादवले भने । 

पछिल्लो समय प्रधानमन्त्री र यादवबीच सम्बन्ध बिग्रदै गएको छ । सरकारमा बसेर सरकारको आलोचना गर्ने गरेको आरोप यादव माथि लागेको छ । स्रोतका अनुसार समाजवादीले उपनिर्वाचनमा नेपाली कांग्रेसँग सहकार्य गरेको प्रधानमन्त्रीको बुझाइ छ । 

त्यसो त समाजवादी पार्टी राष्ट्रिय परिषदक्का अध्यक्ष बाबुराम भट्टराइ सुरुदेखि नै पार्टी तत्काल सरकारबाट बाहिरिनु पर्ने अडान राख्दै आएका छन् । 

कात्तिक २८ देखि ३०  गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकको पहिलो दिन भट्टराईले सरकारको कडा आलोचना मात्र गरेनन्, सरकारमा पार्टीको संलग्नतामा पुनर्समिक्षा गर्नु पर्ने धारण राखेका थिए । बिहीबार पनि बाबुराम आक्रामक रुपले प्रस्तुत भए । 

केन्द्रीय समितिको बैठकमा अधिकंश केन्द्रीय सदस्यहरुको धारणा पार्टी सरकारबाट बाहिरिनु पर्छ भन्नै नै थियो । तर पार्टीका कार्यकारी अध्यक्ष यादव भने तत्काल सरकार छाड्ने सोचमा थिएनन् । उनले कार्यकर्ताको भावना पनि जोगाउने र  सरकार पनि नछाड्ने गरी बीचको बाटो अपनाए । 

सरकार छाड्ने–नछाड्ने विषयमा पदाधिकारी बैठकले निर्णय गर्ने बताउँदै केन्दीय समितिको बैठक टुंगिएको थियो । यसको मतलब थियो, पार्टी तत्काल सरकारबाट नबाहिरिने । तर पछिल्लो समय प्रधानमन्त्री ओली यादवको कार्यशैलीबाट असन्तुष्टि थिए । यो असन्तुष्टि बुधबार गरिएको मन्त्रीमण्डल विस्तारमा देखिएको छ । 

यहाँसम्म कि वीर अस्पतालमा उपचार गराइरहेका राज्य मन्त्री सुरेन्द्र यादवको मन्त्री पद बिरामी हुँदाकै अवस्थामा गएको छ । उनी सुगुरका विरामी छन् । सुगर नियन्त्रणमा नआउँदै उनको मन्त्री पद खुस्किएको छ । शहरी विकास मन्त्री इस्तायक राई भने मन्त्रीमण्डल पुनर्गठन हुने दिन बुधबार गृह जिल्ला नेपालगञ्ज गएका थिए ।  

२०७५ जेठ २२ गते सरकारसँग दुई बुँदै सहमति गरी तत्कालिन समाजवादी फोरम नेपाल सरकारमा गएको थियो । सरकारमा यस पार्टीबाट ३ जना मन्त्री थिए । हाल दुई जना मात्र छन् । 

जति उफ्रिए पनि न संविधान संशोधन भयो न सम्मान नै 
समाजवादी पार्टी जति उफ्रिए पनि अहिलेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि कुनै पहल नै थालेका छैनन् । त्यही बहानामा उपेन्द्र यादव सरकारमा टाँसिइरहेका छन् । 

तत्कालीन नयाँ शक्ति पार्टी (डा बाबुराम भट्टराईको) संग एकता गरेपछि पनि उनले सरकार छाड्न मानेनन् । समाजवादी नेता रकम चेम्जोङका अनुसार अहिले पनि यादवले सरकार छाड्ने छैनन् । 

भट्टराई र यादवबीच यो विषयमा निकै चर्काचर्की परिसकेको छ । यादवको मन्त्रालय फेरिए पनि उनको वरियता तेस्रो नै रहेको छ । उनी उपप्रधानमन्त्री हुन् । 

तर संविधान संशोधनलाई प्रमुख प्राथमिकतामा राखेका यादव कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा पाउँदा पनि समाजवादीले खुशी हुनुको सट्टा अपमान महसुस गर्छ भने जनतालाई झुठो बोलिरहेको स्पष्टै हुन्छ । 

ओलीले संविधान संशोधनकै लागि यादवलाई यो मन्त्रालयको जिम्मा दिएका पनि त हुन सक्छन् । मन्त्री ज्यू – स्वास्थ्य मन्त्रालयमा त्यस्तो के छ जहाँबाट बाहिर निस्कन खोज्नुभएन ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ