arrow

फाईल उच्च अदालत पठाउन घुस लिने मालपोत प्रमुख पक्राउ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ मंसिर ६ शुक्रबार

जनकपुरधाम। सिरहाका भूमि सुधार तथा मालपोत कार्यालय निमित्त प्रमुख रामबाबु मण्डललाई  अख्तियार दुरुपयोग अनुसन्धान आयोग महोत्तरी बर्दिवासबाट गएको टोलीले पाँच लाख घुससहित शुक्रबार  पक्राउ  गरेको छ ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता हरिप्रसाद घिमिरेले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा मण्डललाई कार्यकक्षबाटै पक्राउ गरेका बताए ।

मण्डलले एकजना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घुस मागेका थिए। घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारका टोली सिरहा पुगेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ